नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

केएल टावरमा मोवाईल मेला ः एउटा किन्दा अर्को सित्तैमा

ओखलढुङ्गान्युज, फागुन २ काठमाण्डौ ।
मोवाईल हबले एउटा मोबाईल किन्दा अर्को सित्तैमा दिने अफर सहित मंगलवारवाट मोबाईल मेला सुरु गरेको छ । भ्यालेन्टाईन डे को अबसर पारेर एउटा मोबाइलको खरिदमा जोडीलाई नै मोबाइल दिने उद्धेश्यले अफर ल्याइएको मेला आयोजकले बताएको छ ।

मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन प्रदान गर्ने जनाएको छ । मोबाइल हवले मेला अवधिभरी विभिन्न किसिमका खेल तथा अफरहरु पनि सञ्चालन गरिरहेको छ ।

हबले आयोजना गरेको मेलामा सञ्चालित गेममा सहभागी भएर गल्फ र डार्ट बोर्ड गेम जित्नेहरुले विभिन्न किसिमका उपहार तथा छुट पाउने छन् । गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को मोबाइल सित्तैंमा प्रदान गरिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।

मोबाइल हबले ५० हजार रुपैयाँभन्दा माथिको स्मार्टफोन खरीद गर्दा क्लब डेजाभुको १ वर्षका लागि प्रिभिलेज कार्ड पनि उपलब्ध गराउनेछ। मोबाइल मेला फेब्रुअरी २८ सम्म चल्ने छ ।