नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

दक्षिण अफ्रिका विरुद्धको खेलमा भारतको नयाँ इतिहास

ओखलढुङ्गान्युज फागुन २ ।
भारतले दक्षिण अफ्रिकामा मंगलवार भएको पहिलो श्रृङ्खला जित्दै नयाँ इतिहास रचेको छ । रोहित शर्माको उत्कृष्ट शतक सँगै उत्कृष्ट बलिङ गर्दै भारतले पाँचौ वान डे खेलमा दक्षिण अफ्रिकालाई ७३ रनले हराएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको भारतले दक्षिण अफ्रिका सामू निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । मंगलबार पोर्ट एलिजावेथ मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाले ४२ ओभर २ बलमा आफ्ना सबै विकेट गुमाउँदै २ सय २ रन मात्रै जोड्न सफल भयो । भारतले यो श्रृङ्खला ४–१ ले आफ्नो पोल्टामा पारेको अन्तिम तथा छैटौँ खेल १६ फ्रेब्रुअरीमा हुनेछ ।

भारतका लागि यो ऐतिहासिक जितमा रोहित शर्माले उत्कृष्ट पारी खेले । खराब फर्ममा रहेका रोहित शर्माले १२६ बलमा ४ छक्का र ११ चौकाको सहयोगमा ११५ रन बनाउँदै भारतको स्कोरलाई सम्मानजनक स्थितिमा पुर्याएका थिए । म्यान अफ् द म्याच बनेका रोहित शर्माले आफ्नो वान डे करिअरमा १७ औं शतक हानेका छन् ।