नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सेना दिवसमा ओखलढुङ्गामा रक्तदान

ओखलढुङ्गान्युज, फागुन १ ओखलढुङ्गा ।
ओखलढुङ्गामा पनि नेपाली सेनाले विविध कार्यक्रमका साथ सेना दिवस मनाएको छ । सेना दिवसको अवसरमा ओखलढुङ्गाको शमसेर दल गणले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

ओखलढुङ्गा सामुदायिक अस्पताल सोब्रुसगको संयोजनमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा गणका ३४ सेना, ३ प्रहरी र एक पत्रकार गरि ३८ जनाले रक्तदान गरेको शमसेर दल गण ओखलढुङ्गाले जनाएको छ ।

ओखलढुङ्गामा सञ्चालनमा रहेको सामुदायीक अस्पताल र जिल्ला अस्पतालमा आउने बिरामीलाई पटक पटक रगतको अभाव हुदै आएको छ । अस्पतालमा विरामी भै आएका विरामीहरुलाई आकस्मिक रुपमा रगत दिदै आएको सेनाले दिवसको अवसरमा विशेष रक्तदान कार्यक्रम गरेको हो ।

हरेक सुखदुःखमा सहयोग गर्दै आएको सेनाले सेना दिवसको अवसरमा सामाजिक कार्य गर्ने उद्देश्यले कार्यक्रम गरिएको प्रमूख सेनानी सन्जित श्रेष्ठ सिन्याले बताउनुभयो ।

सेना दिवसको अवसरमा मंगलबार नै रुम्जाटार अस्पतालका बिरामीलाई फलफूल वितरण र लामीसोती प्राथमिक विद्यालयका २५ विद्यार्थीलाई स्टेशनरी समेत वितरण गरेको छ । नेपाली सेनाले हरेक वर्ष शिवरात्रीको दिनलाई सेना दिवसको रुपमा मनाउदै आएको छ ।