नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

आर्इसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा केन्यामाथि नेपालको रोमाञ्चक जीत

ओखलढुङ्गान्युज, फागुन १ काठमाण्डौ । नामिबियामा जारी आर्इसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याविरूद्ध नेपालले ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । शोमबार नेपालले केन्यालाई ३ विकेटले पराजित गरेको हो  । जारी विश्व क्रिकेट लिग डिभिजन २ को आफ्नो चौथो खेलमा नेपालले केन्याले दिएको १७८ रनको लक्ष्य ३ विकेट बाँकी रहदै पार गरेको हो ।

आरिफ शेख र रोहितकुमार पौडेलको उत्कृष्ट साझेदारी गर्दै नेपाललाई तेस्रो जित दिलाएका हुन् । आरिफ ४२ रन बनाएर आउट भए । यस्तै रोहित पौडेल ४७ रन बनाएर आएट भए । कप्तान पारस खड्का र आरिफ शेखले ४२(४२ रन बनाए । शरद भेषवाकरले १९ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

मध्यक्रमका यी दुई ब्याट्सम्यानले ८७ रनको साझेदारी गरे पछि जितको आधार तयार भएको हो । १७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गर्दै धमाधम आफ्ना महत्वपूर्ण विकेट गुमाएको थियो ।

राष्ट्रिय टिममा डेब्यु गरेका अनिल शाह खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले ८ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि १४ रन बनाउँदा नेपालले थप दुई विकेट खेर फाल्यो । ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा दिपेन्द्रसिंह ऐरी एक रनमा पेभेलियन फर्किए ।

शरद भेषवाकर १९ रनको व्यक्तिगत स्कोरमा आउट भए । ५७ बल खेलेका उनले १ चौका प्रहार गरे । कप्तान पारस खड्काले नेपालका लागि केही आशा गर्ने ठाउँ बनाएका थिए ।  १८औं ओभरको पहिलो बलमा खड्का आउट भए । ४४ बल खेले खड्काले ४२ रन मात्र बनाउन सके । २ छक्का र ३ चौका प्रहार गरेका उनी ५० रन पुरा गर्न ८ रनले चुकेका थिए ।

तर, अन्तिममा सोमपाल र वसन्त रेग्मीले नेपाललाई महत्वपूर्ण जित दिलाए । शोमबारको जितपछि नेपालले ४ खेलबाट ६ अंक बनाएको छ र दोस्रो स्थानमा उक्लिएको छ । यो जीतसँगै नेपालले सन् २०१८ को विश्वकप छनोट खेल्ने सम्भावना बलियो बनेको छ  । नेपालले बुधकार क्यानाडासँग आफ्नो अन्तिम खेल खेल्नेछ ।