नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

यूएईविरुद्ध नेपालको ४ विकेटको जित ः विश्वकपमा छनौट हुने सम्भावना कायमै

ओखलढुङ्गान्युज, माघ २९ काठमाडौं ।
आईसीसी विश्व क्रिकेट लिग अन्तर्गत आईतवार भएको खेलमा नेपालले ४ विकेटको जित निकालेको छ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा नेपालले कप्तान पारस खड्काको अर्धशतक बनाएका छन् । पारस खड्काको अर्धसतक सगै नेपालले यूएईमाथि ४ विकेटको जित हात पारेको छ । यो जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना कायमै रहेको छ ।

११५ रनको लक्ष्य पछ्याएको नेपालले निकै खराबी सुरुवात गरेको थियो । खेलको सुरुवातीमा नै १० रन जोड्दा दुबै ओपनरलाई नेपालले गुमाएको थियो । सस्तोमा दुई ओपनर गुमाएको नेपालको पारी कप्तान पारस एक्लैले अर्धसतक सम्म बनाएर सम्हालेका थिए ।

दिपेन्द्र सिंह ऐरी र शरद भेषवाकरले पनि उनलाई साथ दिन सकेनन् । नेपालले ४६ रन जोड्दा ४ विकेट गुमाइसकेका थियो । दिपेन्द्र ४ र शरद ५ रनमा आउट भएका थिए । तर, आरिफ शेखले पाँचौं विकेटका लागि पारससँग ३० रनको साझेदारी गरे । ४२ बलमा दुई चौका र पाँच छक्काको मदतमा अर्धशतक पुरा गरेका पारस ५१ रनमा आउट भए ।

आरिफले छैटौं विकेटका लागि रोहितकुमार पौडेलसँग ३० रनको साझेदारी गर्दै जितको आधार तयार गरे । आरिफ छैटौं विकेटका रुपमा १६ रनमा आउट भएका थिए । रोहित १२ र सोमपाल १० रनमा अविजिवत रहे । ओसिलो मौदानका कारण झण्डै तीन घन्टा ढिला सुरु भएको खेल ३४ ओभरमा छोट्याइएको थियो ।

युनाइटेड ग्राउण्डमा नेपालले टस जितेर फिल्डिङ रोज्यो । ब्याटिङको निम्तो पाएको यूएईले ३१ ओभरमा सबै विकेट गुमाएर ११४ रन मात्र बनाउन सक्यो । नेपालका सोमपाल कामीले ४ विकेट लिँदा सन्दिप लामिछाने ३ विकेट हात पारे । पारस खड्काले २ विकेट लिए भने करण केसीले प्रतियोगिताकै पहिलो विकेट हात पारे ।

गर या मरको अवस्थामा रहेको नेपालको यो जितसँगै ४ अंक भएको छ र दोस्रो स्थानमा उक्लिएको छ । तर, लगातार तेस्रो खेल जितेको क्यानडा ६ अंकका साथ शीर्ष स्थानमा छ । उसले आइतबार नै केन्यासग भएको खेलमा ५९ रनको जित निकालेको छ ।