नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

माईतीवाट अन्मिएको ५ घण्टा नबित्दै बेहुलीले जन्माईन छोरा ः गाउँलेले तिराए साढे चारलाख जरिवाना

ओखलढुङ्गान्युज, माघ २९ लाहान ।
सिराहामा बिहेको जग्गेमा बसी अन्मिएर घर भित्रिन लागेकी बेहुली शोभा कुमारी रामले छोरा जन्माएकी छिन् । माइतीबाट अन्मिएको ५ घण्टा नबित्दै घर भित्र्याउने तयारी गरिरहेका बेला छोरा जन्माएपछि पुनः माइती फर्काइएको छ ।

सुखीपुर नगरपालिका– ४ पोखरियामा शुक्रबार विवाह भएर गएकी शोभाकुमारी रामलाई छोरा जन्माएलगत्तै नवजात शिशुसहित माइती फर्काइएको थियो । तर गाँउलेहरुले शोभालाई माईतीघर नलगी प्रेमीको घरमा भित्र्याई दिएका हुन् । माईती फर्काईएकी शोचालाई शनिबार गाउँलेहरूले उनका प्रेमी शैलेन्द्र रामको घरमा भित्र्याएका हुन् ।

सिरहाको बरियारपट्टि गाउँपालिका– ३ शिवनगरका रामबली रामकी छोरी शोभा विवाहमा आफूसँग गएका लोकन्तीहरूसँगै शिशुसहित माइती गाउँ फर्किएको भोलिपल्ट शनिबार गाउँलेहरूले प्रेमी शैलेन्द्रको घर भित्र्याएका हुन् । रामवलीका छिमेकी बहादुर रामका छोरा शैलेन्द्रले शोभाको शिशुलाई स्विकारेपछि घर भित्र्याएको एक गाउँलेले जानकारी दिए ।

शैलेन्द्रभने करिब ४ महिनाअघि नै वैदेशीक रोजगारीका लागि खाडी मुलुक कतार गएका छन् । बेहुली बनेर घर भित्रिनै लागेकी शोभाले छोरा जन्माएपछि छोराको बाबुको बारेमा गाउँलेले सोधखोज गरेका थिए । गाउँलेको प्रश्नमा शोभाले शैलेन्द्रलाई देखाएकी थिईन् । शैलेन्द्रलाई घरबाट त्यसको विषयमा फोनमार्फत् सोधखोज गर्दा ‘शोभासँग सम्बन्ध भएको र गर्भवती बनेको’ स्वीकारेपछि प्रेमी शैलेन्द्रको घरमा नवजात शिशु सहित शोभालाई भित्र्याइएको जनाइएको छ ।

गाउँलेहरूले शनिबार नै शोभाका बाबुलाई २ लाख रुपैयाँ र शैलेन्द्रको परिवारलाई २ लाख ५० हजार रुपैयाँ जरिवाना गरेका छन् । विवाह भएको १२ घण्टा नबित्दै शिशुसहित माइती फर्काइएपछि गाउँको बद्नामी भएको र शैलेन्द्रले उच्छृङ्खलताको हद नाघेको भन्दै स्थानीय गाउँलेहरूले दुवै पक्षलाई आर्थिक जरिवाना गरेका हुन् ।

करिब ४ महिनाअघिदेखि नै देखादेख र आवतजावत भएपछि दुवै परिवारको सहमतिमा सुखीपुर नगरपालिका– ४ पोखरियाका २१ वर्षका उमेशकुमार रामसँग शोभाको शुक्रबार विवाह भएको थियो । बेहुलीको रूपमा अन्मिएर साँझ बेहुलाको घरमा भित्र्याउने तयारी गरिरहेका बेला शोभा सुत्केरी भएकी थिइन् । त्यसपछि बेहुला पक्षले शोभासँगै आएका लोकन्तीसँगै सुत्केरी बेहुली शोभालाई फिर्ता गरिदिएका थिए ।