नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

नेपालले एशिया कप छनोट खेल खेल्ने

ओखलढुङ्गान्युज, माघ १८ काठमाडौं

नेपालले एसिया कपको लागि छनोट खेल खेल्ने भएको छ । छनौट खेलमा नेपाल र हङकङ एउटै समूहमा परेका छन् ।

छनौट खेल प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहने आयोजक एशियन क्रिकेट काउन्सिलले जनाएको छ । सहभागी देशहरुलाई दुईवटा समूहमा विभाजन गरिएको छ । छनौट खेलको समूह ‘ए’ मा नेपालसँगै हङकङ र मलेसिया छन् । त्यस्तै गरि समुह ‘बी’मा सिंगापुर युएई र ओमान छन् ।

प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि ३० तारिखसम्म हुनेछ । छनोट खेलको विजेताले ६ टिमको सहभागिता हुने एशिया कपमा भाग लिनेछन् । टेष्ट राष्ट्र भारत, पाकिस्तान, अफगानिस्तान, बङ्लादेश र श्रीलंकाले सोझै प्रतियोगिता खेल्न पाउनेछन् ।