नेपाली समय Loading...२०८१ बैशाख २५ मंगलवार

मगरको हत्या अभियोगका आरोपी पाँचजना पक्राउ

                                                     प्रहरी निरिक्षक टिका कार्की

विएन श्रेष्ठ, माघ १८ ओखलढुङ्गा ।
मोलुङ्ग गाँउपालिका ७ पात्लेका कुमार मगरको हत्या अभियोगमा पाँच जना पक्राउ परेका छन् । मगरको हत्या गरेको अभियोगमा पाँच जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको हो । आईतबार भएको घटनाका आरोपीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक टिका बहादुर कार्कीको नेतृत्वमा गएको प्रहरकिो टोलीले मंगलबार नै पक्राउ गरेको हो । उनीहरुलाई मंगलबार नै पक्राउ गरेपनि प्रहरीले आज पत्रकारमाझ सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेहरुमा वर्ष २३ का साङ्गे शेर्पा, वर्ष २२ का जिग्मे शेर्पा, वर्ष २२ कै पासाङ शेर्पा र वर्ष २६ का छोङतेण्डी शेर्पा रहेका छन् । उनीहरु चारैजना मोलुङ्ग गाँउपालिका ७ साविकको पात्ले गाविस वडा नं. २ का युवाहर हुन् । अर्का एक युवालाई पनि प्रहरीले पक्राउ गरेपनि सार्वजनिक भने गरेको छैन ।

पक्राउ परेका पाचैजनालाई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक टिका कार्कीले जानकारी दिए । सार्बजनिक गरिएका चारै जना युवाहरुमाथि किटानी जाहेरी परेको निरिक्षक कार्कीले बताए । अर्का एक युवाको बारेमा चाही कुनै जाहेरी नपरेकोले अनुसन्धानका लागि मात्रै नियन्त्रणमा लिएको पनि निरिक्षक कार्कीले बताए । अनुसन्धान पछि आवश्यक कार्वाही प्रकृया अघि बढाईने पनि कार्कीले वताए ।

मोलुङ गाँउपालिका वडा नं. ७ का गंगा बहादुर मगरको बहिनीको विवाहमा मदिरा सेवन गरेका युवाहरु बिच झडप भएको थियो । झडपमा परि मोलुङ गाँउपालिका वडा नं. ७ का बर्ष २२ वर्षका कुमार मगरको उपचारका लागि सामुदायीक अस्पताल ओखलढुङ्गामा ल्याइदै गर्दा बाटैमा मृत्यु भएको थियो । झडपमा अन्य ५ जना गम्भिर घाईते भएका थिए । घाईतेहरु सबैको अहिले पनि सामुदायीक अस्पताल सोब्रु ओखलढुङ्गामा उपचार भै रहेको छ ।