नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

भारतमा ८ महिनाकी बालिकाको बलात्कार

एजेन्सी नयाँदिल्ली माघ १८

भारतको राजधानी नयाँदिल्लीमा ८ महिनाकी बालिका बलात्कृत भएकी छिन् । बालिकामाथि आइतबार बलात्कार भएको थियो । बलात्कारको आरोपमा बालिकाका काकाका २८ वर्षीय छोरा पक्राउ परेका छन् । पीडितको अवस्था गम्भीर रहेको जनाइएको छ । बालिकाको गुप्तांगमा गम्भीर चोट लागेको जनाइएको छ । बलात्कारपछि सर्वसाधारण भारतीय आक्रोशित बनेका छन् ।

स्थानीय सञ्चारमाध्यमहरूको रिपोर्टपछि सोमबार मात्र घटना सार्वजनिक भएको थियो । बाबु–आमा काममा गएको समयमा बालिकामाथि बलात्कार भएको थियो । सो घटना अत्यन्तै डरलाग्दो भएको दिल्लीस्थित महिला आयोग प्रमुख स्वाती मालिवालले बताइन् । उनी बालिका उपचार भइरहेको अस्पतालमा समेत पुगेकी थिइन् । बालिकाको तीन घन्टा लामो शल्यक्रिया भएको मालिवालले बताइन् ।

बलात्कारको पछिल्लो घटनाले सम्पूर्ण भारत नै त्रसित बनेको छ । तर, सरकारले बलात्कारसम्बन्धी सार्वजनिक गरेको तथ्यांकअनुसार बालिकामाथिको बलात्कार असामान्य होइन । पछिल्ला वर्षमा भारतमा बालिकामाथिको बलात्कार दिनप्रतिदिन बढिरहेको छ । भारतको राष्ट्रिय अपराध ब्युरोको तथ्यांकअनुसार सन् २०१६ मा भारतमा १९ हजार सात सय ६५ बालिका बलात्कृत भएका थिए । सन् २०१५ मा सो तथ्यांक १० हजार आठ सय ५४ थियो ।

केही वर्षअघि पनि आमासँगै सुतेकी ११ महिनाकी बालिकालाई छिमेकीले अपहरण गरी दुई घन्टासम्म पाशविक तरिकाले बलात्कार गरेका थिए । सन् २०१५ को नोभेम्बरमा दक्षिणी हैदराबादमा तीन महिनाकी बालिकाको अपहरणपछि बलात्कार भएको थियो ।

बलात्कारप्रति मालिवालले आक्रोश व्यक्त गरेकी छिन् । ‘अब के गर्ने रु राजधानीमै आठ महिनाकी बालिकामाथि पाशविक बलात्कार हुन्छ भने दिल्ली कसरी सुत्न सक्छ रु हामी बेवास्ता गर्दै छौँ वा बलात्कारलाई अभिशापको रूपमा स्विकारेका छौँ,’ उनले ट्विट गरेकी छिन् । देशमा बालिकाको रक्षाका लागि अझै बढी सुरक्षा र कडा कानुन आवश्यक भएको भन्दै तत्काल कदम चाल्न प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनुरोध गरेकी छिन् ।

सन् २०१२ मा दिल्लीमा एक छात्रामाथि सामूहिक बलात्कारपछि भारतमा यौनहिंसाविरुद्ध चर्को आवाज बढेको छ । सो बलात्कारपछि आमभारतीयको आक्रोश बढेको थियो र सरकार मृत्युदण्डलगायत बलात्कारविरोधी कानुन बनाउन बाध्य भएको थियो । तर पनि महिला र बालबालिकामाथि निरन्तर पाशविक हमला हुने गरेको छ ।

 

 

श्रोत ः नयाँपत्रिका