नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

भूकम्पपीडितलाई थप एक लाख दिने सरकारको निर्णय

ओखलढुङ्गान्युज, माघ ११ काठमाडौं ।
नेपाल सरकारले भूकम्प पिडित तथा बाढिका पिडितहरुलाई थप १ लाख दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्री परिषदको बैठकले भूकम्प तथा बाढी पीडितहरुलाई दिँदै आएको अनुदान रकम बढाउने निर्णय गरेको हो । भूकम्प तथा बाढी पीडितहरुलाई सरकारले अनुदान स्वरुप दिँदै आएको रकममा १ लाख थप गर्ने निर्णय गरेको हो ।

२०७२ मा आएको भूकम्पका कारण पुर्ण क्षतिमा परेकाहरुको पिडितहरुको व्यक्तिगत आवास गृह बनाउनका लागि सरकारले सुरुमा रु २ लाख दिने निर्णय गरेको थियो । पछि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला अनुदान बापतको रु २ लाखलाई बढाएर ३ लाख दिने निर्णय भएको थियो । यसअघि भूकम्प पीडितलाई अनुदानस्वरुप ३ लाख रुपैयाँ दिँदै आएकामा थप एक लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले पीडितहरुलाई राहत स्वरुप दिँदै आएको रकम बढाउने निर्णय गरेको हो । बैठकले सामाजिक सुरक्षावापत जेष्ठ नागरिकले पाउने भत्ता पनि ६५ वर्षमै पाउने निर्णय गरेको छ ।

यसअघि ७० वर्षको उमेरमा मात्र पाइने बृद्ध भत्ताको उमेरलाई घटाएर ६५ वर्ष कायम गरेको सूचना तथा सञ्चार मन्त्री मोहन बस्नेतले जानकारी दिए । सरकारले गरेको निर्णय कतिको कार्यान्वयन हुन्छ भनेर चाही हेर्न केही समय कुर्नुपर्ने भएको छ । सत्ताबाट बाहिरिन लागेको बेला नेपाली कांग्रेसको सरकारले गरेको यो महत्कांक्षी निर्णय कार्यान्वयनका लागि भने चुनौती आउने देखिएको छ ।