नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

गाउँपालिका सम्पर्क कार्यलय खोलेरै सरदरमुकामा

ओखलढुंगा न्युज ११ माघ, ओखलढुंगा
ओखलढुंगाको मोलुंग गाउँपालिका सम्पर्क कार्यलयनै खोलेर सरदरमुकामा बसेका छ । गाउँपालिकाका नासु रामकाजी श्रेष्ठको घरमा कोठा भाडामा लिई सम्पर्क कार्यालय नै सञ्चालन गरिरहेको पाइएको हो । गाउँपालिकाको कार्यालय प्राप्चामा रहेको भएपनि सदरमुकाममा सञ्चालन गरेको विषयमा मोलुंग गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वविजय शर्माले अहिले योजना सम्झौता भइरहेको र बैंक खाता समेत सञ्चालन गर्नुपर्ने भएकाले सदरमुकाबाट काम गर्नु पर्ने बाध्यता रहेको बताए । उनले प्राविधक समेत सदरमुकाम बस्ने भएकाले योजना अन्तरको काम गर्न गाउँपालिकामा समस्या रहेको दावी गरेका छन् ।

गाउँपालिकाका प्रशासन फाँटका प्रमुख समेत रहेका नासु रामकाजी श्रेष्ठले सदरमुकाममा आफ्नै घर भाडामा लगाएर सम्पर्क कार्यालय खोलेको विषयमा प्रश्न गर्दा गाउँपालिकाका अध्यक्षलाई सोध्न आग्रह गरेका छन् । उनले आफ्नो घर गाउँपालिकाले भाडामा लिएको भन्दै चलन चल्ती अनुसारको भाडा लिने बताए ।

गाउँपालिकाका कर्मचारी सदरमुकामै बसेर सम्पर्क कार्यालय चलाएको विषयमा भने गाउँपालिका प्रमुख मणिराज राईले प्राविधक काम मिलाउन मात्रै कर्मचारी सदरमुकाममा बसेको बताउँदै आफुले त्यस विषयमा छलफल गर्ने बताए । नागरिकलाई सेवा प्रवाहलाई सहज बनाउने काममा आफु लाग्ने समेत राईको भनाइ छ । स्रोतका अनुसार गाउँ कार्यपालिकाको मौखिक सहमतिमै सम्पर्क कार्यालय खडा गरिएको हो ।

गाउँपालिकाले अन्य गाउँपालिकाको तुलनामा २० हजारभन्दा बढी रकमको गाडी भाडामा समेत लिएको छ । एक वडा अध्यक्षको आफन्तको गाडी भाडामा लगाउन अरुले भन्दा बढी भाडामा लिइएको गाउँ कार्यपालिकाका एक सदस्यले नाम नबताउने शर्तमा बताए ।
मोलुंग गाउँपालिका ७ का वडा अध्यक्ष हेम सुनुवारले कर्मचारी जिल्ला बसेर नागरिकले दुःख पाएकाले गाउँपालिकामै खटाउनु पर्ने बताए । वडा तथा गाउँपालिकामा तत्काल खटाउन उनले माग गरेका छन् ।