नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

६०–४० अन्तर्गत दुई मुख्य मन्त्री र चार सभामुखमा माओवादीको दावी

ओखलढुङ्गान्युज, माघ १ काठमाण्डौं ।
आइतबार बसेको दुई दलीय कार्यदल बैठकमा (एमाले–माओवादी) माओवादी नेताहरुले आफ्नो प्रस्ताव अघि सारेका छन् । माओवादीले सारको प्रस्तावमा दुई मुख्यमन्त्री र चार प्रदेशसभाका सभामुखको दाबी पेश गरेको छ । माओवादीले गरेको दावीकाके बारमो एमालेले अध्यक्षसँग परामर्श गरेर ममात्रै टुंगोमा पुग्ने जवाफ दिएको छ ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा माओवादी नेताहरुले एमालेले चार र आफूहरुले दुई मुख्यमन्त्री लिने प्रस्ताव गरे । यस्तै प्रदेशसभाको सभामुख भने आफ्नो दलले चार र एमालेले दुई मात्र दिने उसको प्रस्ताव छ ।

एमाले र माओवादीको ६ वटा प्रदेशमा बहुमत छ । प्रदेश २ मा भने मधेस केन्द्रीय दलको बहुमत पुगेको छ । राष्ट्रियसभामा भने मतका आधारमा सिट बाँडफाँट गर्ने माओवादीले प्रस्ताव राखेको एक नेताले जानकारी दिए ।

बैठकपछि एमाले नेता एवं कार्यदलका संयोजक सुवास नेम्वाङले शीर्ष नेताहरुसँग परामर्श गरेर मंगलबार टुंगो लगाइने बताए । स्वास्थ्य उपचारका लागि बैंकक गएका एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार स्वदेश र्फकने कार्यक्रम छ ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रारम्भीक प्रस्ताव आएको भन्दै बुधबार टुंगोमा पुग्ने बताएका छन् । राष्ट्रियसभाको सिट बाँडफाँट र प्रदेश सरकार गठनको लागि गृहकार्य गर्न एमाले र माओवादीले ६ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा दुबै दलका ३–३ नेता छन् ।