नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

जिल्लाकै पहिलो पूर्ण सरसफाई उन्मुख वडा पोखरे

ओखलढुङ्गान्युज, पौष ३०, चिशंखुगढी ।
ओखलढुङ्गामा सरसर्फाइका सात सुचांङक पुरा गर्नेमा चिशंखुगढी गाँउपालिका वडा नं. २ जिल्लाकै पहिलो वडा बनेको छ । सुचाङ्क पुरा गरेपछि चिशंखुगढी गाउँपालिका वडा नं २ पोखरेलाई शनिवार जिल्लाकै पहिलो पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ ।

‘पूरा भयो हाम्रो रहर, अब छैन रोगव्याधीको डर’ भन्ने मुलनाराका साथ शनिबार एक कार्यक्रममा बिच वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो ।

                                                   तस्वीर श्राेत : राजेन्द्र धमला

कार्यक्रममा प्रतिनिधिसभा सांसद यज्ञराज सुनुवारले सरसफाई मानिसको दैनिकिमा मुलभुत कुरा भएकाले यसलाई निरन्तरता दिनुपर्ने बताए । उनले रोग लागेपछि उपचार गर्नुभन्दा सरसफाईमा लागानी गरेर स्वच्छ वातावरण निर्माणमा लाग्न आग्रह समेत गरे ।

वडा भित्रका सबै ३ सय ४४ घरधुरीहरुले सरसफाईको सातै सुचांङ्क पुरा गरेकाले वडालाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको वडा अध्यक्ष नरेन्द्र बस्नेतले बताए । वडामा पानीको समस्या भएपनि गाग्रीमा बोकेरै त्यस क्षेत्रका नागरिकले प्रयोग गर्ने गरेका छन् ।

‘वडामा पानीको समस्या छ, तर पनि यहाँका ९५ प्रतिशत नागरिकहरुले गाग्रीमा बोकेरै सौचालय लगाएत ब्यक्तिगत सरसफाईमा प्रयोग गर्दै आाएका छन्’ वडा अध्यक्ष बस्नेतले भने । यो जिल्लाकै पहिलो सरसफाई युक्त वडा हो ।

कार्यक्रममा गाउपालिका अध्यक्ष निशान्त शर्माले नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सरसफाईको अभियानलाई पालिका भित्रका अन्य वडामा समेत लैजाने बताएका छन् । नेपाल सरकारको २०१७ भित्र देशलाई खुलादिशा मुक्त बनाईसक्ने योजना अनुरुप ओखलढुंगा जिल्लालाई यस अघि नै पूर्ण खोप, पुर्ण साक्षर र खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिसकिएको छ ।