नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गामा पहिलो पटक डिजिटल प्रबिधि (ईलाईब्रेरी )वाट पढाई सुरु

विएन/रामहरि, पौष २९ ओखलढुंगा ।

अहिले विश्व प्रबिधिमय भैरहेको छ । प्रबिधिले फड्को मारेसंगै पछिल्लो समय युवापुस्ता पनि प्राबिधिसंगै घुलमिल हुन थालेका छन् । शिक्षा, स्वास्थ्य, यातायात लगाएतका क्षेत्रमा त झनै प्रबिधिको उल्लेखनिय प्रयोग भैरहेको छ ।

यस्तै क्रममा ओखलढुङ्गाको एक बिद्यालयमा पनि प्रबिधिमैत्री शिक्षा भित्रिएको छ । प्रबिधि मैत्री अन्तर्गत जिल्ला मै पहिलो पटक ईलेक्ट्रोनिक पाठशाला (ई लाईब्रेरी) सञ्चालनमा आएको छ ।

जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं. १२ मा रहेको सगरमाथा जनता माध्यमिक बिद्यालयमा र्ईलेक्ट्रोनिक पाठशाला(ई-लाईब्रेरी)को शुरुवात गरिएको हो । जिल्लाको एक पारिवारीक ट्रष्ट होम बहादुर–प्रेम कुमारी ट्रष्टले बिद्यालयलाई ई–लाईब्रेरीको ब्यवस्था गरेको हो ।

शुक्रबार ओखलढुङ्गाका प्रतिनिधीसभाका सदस्य यज्ञराज सुनुवार र प्रदेशसभा सदस्य मोहन कुमार खड्का हिमशिखरले ई–लाईब्रेरीको संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन पश्चात शुक्रबार नै ई–लाईब्रेरी विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

नेपाल लाईब्रेरी फाउन्डेशनको प्राबिधिक सहयोगमा ट्रष्टले बिद्यालयमा  डिजिटल प्रबिधिबाट पठनपाठन शुरु गर्न ई–लाईब्रेरीको ब्यवस्था गरेको ट्रष्टका महासचिव राम बिनय श्रेष्ठले बताउनुभयो । करीब ३ लाख ७५ हजारको लागतमा ई–लाईब्रेरी सञ्चालनमा आएको श्रेष्ठले बताए ।

ईन्टरनेटको प्रयोग विना नै अफलाईन प्रबिधिको ई–लाईब्रेरीमा ८ देखी १० हजारका हाराहारीमा पुस्तकहरु हेर्न र पढ्न सकिन्छ । त्यस्तै ई–पाठ अन्तरगत श्रव्य दृश्य सामाग्रीको माध्यमबाट बिद्यार्थी र शिक्षकहरुका लागी सिकाई मुलक बिभिन्न भिडियोहरु रहेका छन् ।

अडियो भिडियो सहितको ई–लाईब्रेरी स्थापना भएसंगै बिद्यालयका बिद्यार्थी र शिक्षकहरुमा खुशीयाली छाएको छ । यस विद्यालयमा मात्रै हैन जिल्ला भरिकै बिद्यालयमा पुस्तकको माध्यमबाट मात्रै पठनपाठन हुदै आएको छ । अब भने सगरमाथा जनता माद्यमिक विद्यालयमा डिजिटल माध्यमबाट पठनपाठन हुने भएपछि बिद्यार्थीरुको सिकाई उपलब्धी र शिक्षकहरुको ब्यवहारमा समेत परिवर्तन आउने बिद्यालयका प्रधानाध्यापक सुमन राजभन्डारीले बताउनुभयो । यसले बिद्यार्थी र शिक्षकहरुले प्रबिधिसंगै आफुलाई आवश्यक शैक्षिक समाग्रीहरु पढ्न सकिने नेपाल लाईब्रेरी फाउन्डेशनका प्राबिधिक ईन्जिनियर बसन्त श्रेष्ठले बताउनुभयो ।

होमबहादुर–प्रेमकुमारी ट्रष्ट काठमाण्डौमा रही शिक्षा र स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको छ । भाबी दिनमा पनि ट्रष्टले देशका सबै जिल्लामा शिक्षा र स्वास्थ्यका क्षेत्रमा टेवा पुर्याउने लक्ष्य राखेको छ ।

बिद्यालयमा जडान गरिएको ईलाईब्रेरीमा अहिले १२ वटा कम्प्युटरबाट पाठ्यासामाग्री हेर्न र पढ्न सकिने छ । हाल बिद्यालयमा छात्रा ५ सय ५८ र छात्र ४सय ५ गरि जम्मा ९ सय ६३ जना बिद्यार्थी अध्यनरत रहेका छन् भने चार जना कर्मचारी सहित ३१ जना शिक्षक शिक्षिका कार्यरत रहेका छन् ।