नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

११ कक्षाको नतिजा आज आउदै

ओखलढुङ्गान्यु, पौष २९ काठमाडौँ ।
राष्ट्रिय परीक्षा बोर्डले गत अशार महिनामा सञ्चालन भएको कक्षा ११ को नतिजा शनिबार आज सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा सञ्चालन भएको लामो समय पछि आज परीक्षाफल प्रकाशन गर्न लागेको हो । बैशाख महिनामा सञ्चालन हुने कक्षा ११ को परीक्षा स्थानीय तहको निर्वाचनका कारण दुई पटक पछाडी सरेर असार महिनामा सञ्चालन भएको थियो ।

परीक्षाफल प्रकाशनको अन्तिम तयारी स्वरुप आजै राष्ट्रिय परीक्षा बोर्डको बैठक बोलाएको पनि परीक्षा वोर्डले जनाएको छ । नतिजा विषयत ग्रेड मात्रै दिने भएको छ । जस्तै अनिवार्यमा नेपालीमा ए प्लस, अंग्रेजीमा ए भन्ने मात्रै हुनेछ ।

परीक्षा सार्वजनिक गर्न अपरान्ह तीन बजे बोर्ड बैठक बोलाइएको छ। परीक्षाको नतिजा ग्रेडिङ्मा सार्वजनिक गर्ने बोर्डले जनाएको छ । चार लाख ४९ हजार ५४ विद्यार्थीले परीक्षा दिएका छन् ।

विद्यार्थीको ग्रेड सीटमा कुनै विषयमा डी प्लस वा त्यो भन्दा तल्लो तहले मौका परीक्षा दिन पाउने व्यवस्था गर्दैछ । एक भन्दा बढी विषयमा डी प्लस भन्दा कम छ भने अर्को वर्षको परीक्षा कुर्नु पर्नेछ। त्यस्ता परीक्षार्थीले मौका परीक्षमा सहभागी हुन पाउने छैनन् ।