नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

निर्माण सामाग्रीको भाउ आकाशियो, ओखलढुङ्गामा उपभाेक्ताहरुले सामान पाएनन्

ओखलढुङ्गान्युज, पौष २९ 
ओखलढुङ्गामा निर्माणका सामाग्रीहरुको मूल्य बढेको छ । घर निर्माणका लागी आवश्यक पर्ने सामाग्रीको मुल्य एकाएक आकाशिएपछि उपभोक्ताहरु मारमा परेका छन् । निर्माणका लागि प्रयोग हुने रड, सिमेन्ट, जस्ता–पाता, काटी लगायतका समाग्रीको मुल्य बढेको हो । रड, सिमेन्ट, जस्तापाता, काँटी किला लगाएतका निर्माणका सामाग्रीहरुको भाउ एकाएक बढेपछि उपभोक्ताहरु चर्को मुल्य तिर्न बाध्य भएका छन् । निर्माण समाग्रीको मूल्य बढेसगै ओखलढुंगामा निर्माण सामाग्रीको अभाव समेत सृजना भएको छ ।

 

पुस मसान्तसम्म निजि आवास निर्माणका लागि दोस्रो किस्ता लिईसक्नुपर्ने सरकारी व्यवस्थाका कारण यतिबेला ओखलढुंगामा ठुलो मात्रामा निर्माण सामाग्रीको माग रहेको छ । जिल्लाको विकट गाउँबाट मानिसहरु घर निर्माणका सामाग्री किन्नका लागि सदरमुकाम आइरहेका छन् ।

जिल्ला सदरमुकाम बाहेक ओखलढुङ्गामा निर्माणका लागि सामाग्रीहरु आउने स्थान रामेछापको साघुटार, सिरेसे, ढाडेमा पनि सामाग्रीको मूल्य चर्को तिर्नुपरेको उपभोक्ताहरुले बताएका छन् । त्यस्तै ओखलढुङ्गाका हार्डवयरका ब्यापारीहरुहले पनि कम्पनीबाटै सामानको मूल्य बढेकोले आफुहरुले पनि मुल्य बढाउनु परेको बताएका छन् । सामानको कृतिम अभावका बारेमा प्रश्न गर्दा आफ्नो स्टोरमा सामान्य केही खुद्राका लागि सामान राखेको भएपनि बढि मुल्य लिनका लागि भने नलुकाईएको बताएका छन् ।

केहिदिन अघि सम्म प्रतिबोरा ८ सयदेखी ९ सय पर्ने सिमेन्टको भाउ बढेर प्रतिबोरा अहिले ११ सय ५०सम्म पुगेको छ । त्यस्तै रड लगाएत निर्माणका लागि आवश्यक अन्य सामाग्रीको भाउ बढेर छोईनसक्नु छ । नेपाल सरकारले भुकम्प प्रभावितहरुका लागि दिएको राहत अनुदानवाट व्यक्तिगत आवास निर्माण गर्ने समय पौष मसान्तलाई नसार्ने निर्णय गरेपछि व्यापारीहरुले ओखलढुङ्गामा कृतिम अभाव सृजना गरेको हुन सक्ने आशंका उपाभोक्ताहरुले गरेका छन् । तर व्यापारीहरुले भने कम्पनीबाटै सामान नअाएकाे बताएका छन् ।

ब्यापारीहरुवाट उपभोक्ताले सामान नपाएको र कृतिम अभाव सृजना गरि महंगोमा बेचेको बारेमा नागरिकको गुनासो आईरहदा प्रशासनले भने त्यसो नभएको जनाएको छ । जनस्तरवाट नागरिकहरुको आवाज उठेपछि प्रशासनको तर्फवाट पनि अनुसन्धान भैरहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।

“हामी अनुसन्धानका क्रममा छौ । अहिले सम्म त्यस्तो सामाग्रीको कृतिम अभाव र कालाबजारी नै भएको त पाएका छैनौं । सामानमा केही मुल्य बढेको हो । त्यसकालागि सम्बन्धित निकायले मूल्य घटाउन तर्फ लागिरहेको जानकारी प्राप्त भएको छ ।” प्रमुख जिल्ला अधिकारी पन्तले भन्नुभयो, “हामी निगरानी गरिरहेका छौ, कृतिम अभाव सृजना गरेको र कालाबजारी नै भएको पाईएमा चाही प्रशासनले कडा कार्बाही गर्छौ ।”

२०७२ सालको महाभूकम्पका कारण ओखढुंगामा झन्डै २० हजार भन्दा बढि घरहरु ढलेका थिए । त्यसमध्ये हाल सम्म लगभग २ हजार घरहरु ठडिएका छन् । तर घर बनाउन धेरैको बाँकी रहेको बेला निर्माण सामाग्रीको कृतिम अभाव र महंगी बढ्दा उपभोक्ताहरु भने महंगीको मारमा परेका छन् ।