नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

ओखलढुङ्गाको विद्युतमा इ–हाजिर र ई–विलिङ सिस्टम सुरुवात ।

विवेश श्रेष्ठ, पौष ओखलढुङ्गा ।
नेपाल विद्युत प्राधिकरणले ओखलढुङ्गामा विद्युतिय हाजिर मेशिन जडान गरेको छ । सेवाग्राहीहरुले कार्यालयका कर्मचारी कार्यालयमा नभेटिदा काम गर्न असहज र ढिला सुस्ती भयो भनेर गुनासो गरिरहदा कर्मचारीको हाजिरीका लागि विद्युतीय मेशीन जडान गरिएको हो ।

विद्युतिय हाजिरी मेशीन केही समय अगाडी नै जडान गरिएपनि गत विहिवार देखी त्यसलाई औपचारिक दिइएको छ । यो विद्युतिय हाजिरी मेशिनको जडान सगै कर्मचारीहरु कार्यालयमा नआएको र सेवाग्राही मर्कामा परेको भन्ने कुराको हल हुने विद्युत प्राधिकरण ओखलढुङ्गा वितरण शाखाका इञ्चार्ज कमल प्रसाद शाहले जानकारी दिए ।

विद्युत सम्बन्धि ग्राहकको सेवालाई थप प्रभावकारी बनाउनका लागि इविलिङको पनि सुरुवात गरिएको छ । ईविलिङको सुरुवात भएसगै अबदेखी विद्युतको महशुल बुझाउन ग्राहकहरुलाई सहज भएको छ । महशुल बुझाउनकै लागि अबदेखी कार्यालयमा लामो समयसम्म लाईन बस्नु नपर्ने भएको छ ।

ईलेक्ट्रोनिक विलिङ लागु भएसगै विद्युतका ग्राहकहरुले आफ्नो घरमा रहेको मिटर बक्सको मिटर रिडिङ हुनसाथ विद्युतको महशुल बुझाउन कार्यालय सम्म धाउनुपर्ने छैन । उनीहरुले आफुसग भएको ई–सेवा मार्फत पनि विद्युत महशुल भुक्तानी गर्न सक्नेछन् । ईविलिङ सुरुवात गर्दा उपस्थित भएको पहिलो ग्राकक सिद्धिचरण नगरपालिका वडा नं. ११ गैरीगाँउका पहलमान भुजेललाई प्राधिकरणको तर्फवाट ५ वाटको चिम पनि प्रदान गरिएको थियो ।

ओखलढुङ्गा विद्युत शाखा प्रमुख कमल प्रसाद शाहले भने,“अबदेखी विद्युत महशुल बुझाउनका लागि ग्राहक लाईन कुरेर बसीरहनु पर्दैन । ग्राहकहरुले आफु सग रहेको ई–सेवावाट पनि महशुल भुक्तानी गर्न सक्नेछन् । साथै हतार हुनेहरुले बजारमा रहेको विद्युतको ईविलिङ सिस्टम जडान गरिएका व्यबसायीहरु मार्फत पनि विलको रकम भुक्तानी गर्न सक्नेछन् ।” उनले थपे “यो सिस्टमको सुरुवात सगै नागरिकहरुले दुख र झण्झटवाट मुक्तिको राहत महशुस गर्नेछन् । कर्मचारीमा कामको लोड पनि कम हुनेछ भने सेवाग्राहीले सन्तुष्टिको सास फेर्नेछन् ।”

विद्युत प्राधिकरणको केन्द्रबाट ईञ्जिनियर सजन श्रेष्ठ लगायतको टोलीले यो मेशिनको जडान गरेका हुन् । ओखलढुङ्गामा विद्युतिय हाजिर मेशिन र ईलेक्ट्रोनिक विलिङ सिस्टम लागु भएसगै नागरिकहरुको गुनासो कम आउने अपेक्षा गरिएको छ ।