नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

उच्च मावि सञ्चालनका लागि पब्लिक सहकारीको ५१ हजार सहयोग ।

ओखलढुङ्गान्युज, पौष २८, ओखलढुङ्गा ।
पब्लिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गाँउमा उच्च माद्यमिक शिक्षा सञ्चालनका लागि विद्यालयलाई आर्थिक सहयोग गरेको छ । ओखलढुंगाको मानेभञ्ज्यांग गाउँपालिका वडा नं. ३ उबूँमा संचालित पब्लिक बचत तथा ऋण सहकारी संस्थाले गाउँमा नै उच्च मावि स्थापना गर्न ५१ हजार १ सय २८ रुपैँया आर्थिक सहयोग गरेको हो ।

सहकारीको आठौं साधारण सभाको अबसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग हस्तान्तरण गरिएको हो । गाउँमा रहेको पूँजी एकिकृत गर्दै गाउँमै लगानी गरेर आर्थिक विकासमा योगदान पु¥याउने लक्ष्यका साथ स्थापना भएको सहकारीले सामाजिक काममा समेत सहयोग गर्दै आएको छ ।

गाउँको विद्यालयमा उच्च मावि तहको कक्षा संचालन गर्न सहयोग पुगोस भन्ने हेतुले सहकारीको सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको सहकारीका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताउनुभयो ।

अध्यक्ष रुम्दालीले भन्नुभयो,“यहाँका बालबालिकाहरु गाँउमा नै उच्च माद्यमिक विद्यालय नहुँदा उच्च शिक्षा हासिल गर्नका लागि कम्तमिा ३ घण्टाको बाटो मानेभञ्याङ्ग वा ठुलाछापमा नै जानुपर्ने बाध्यता छ । लामो यात्रा गरे पढ्न सक्ने अबस्था पनि हुन्न । डेरा बसेरै पढ्न पनि सबैले नसक्ने । त्यसैले गाँउमा नै उच्च शिक्षाको महशुस गरियो । सबैले सहयोग गरेर गाँउमा नै उच्च माद्यमिक विद्यालय सञ्चालन गर्ने निधो भएपछि पब्लीक सहकारीले पनि त्यसमा साथ दिदै आठो बार्षिक साधारण सभाको अबसर पारेर यो रकम प्रदान गरेका हौं ।”

पब्लिक सहकारीमा ४ सय ५६ महिला, ४ सय ३२ पुरुष र २८ संस्थागत गरि ९ सय १६ जना शेयर सदस्यहरु छन् । यस सहकारीको शेयर पूँजी ७९ लाख ४९ हजार १ सय छ भने बचत निक्षेप तर्फ २ करोड ३९ लाख ८४ हजार ७ सय ४६ रहेको छ । संस्थाले हालसम्म ४ करोड ४३ लाख ५९ हजार ३७ रुपैया कर्जा प्रबाह गरेको छ भने ६९ लाख ७ हजार ५३ जगेडा कोषमा राखेको जनाएको छ ।

सहकारीले यस अघि पनि नेपाल पत्रकार महासंघको भवन निर्माण गर्न २८ हजार १ सय २८ रुपैंया आर्थिक सहयोग गरेको थियो । सहकारीले एम्बुलेन्स सेवा समेत प्रदान गर्दै आएको छ ।