नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

लिखु गाँउपालिका पनि सिधा जोडियो सदरमुकामसंग

विएन श्रेष्ठ/मनोज भट्टराई, पौष २६ लिखु गापा यसम ।

रामेछापको साँघुटार–ओखलढुङ्गाको नर्मदेश्वर–गाम्नाङ्गटार–पोकली–खिजीफलाटे ग्रामिण कृषि सडकको उद्घाटन भएको छ । बुधबार लिखुगाउँपालीका वडा नं ६ को मुलपँधेरामा आयोजित एक कार्यक्रमका बिच ओखलढुंगाका संघिय प्रतिनिधीसभाका सांसद यज्ञराज सुनुवार र प्रदेशसभा ख का सांसद मोहनकुमार खड्का ‘हिमशिखर’ले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

बिगत आठ वर्ष देखी निरन्तर सडक निर्माणमा जुटेका लिखुभेगका स्थानीयहरु सडक सञ्जालको उद्घाटन भएसँगै खुशी भएका छन् । सडकको उद्घाटनसगै रामेछाप, सिन्धुली र उदयपुर घुमेर सदरमुकाम जनु पर्ने बाध्यता बाट मुक्तभएका छन् ।

यो सडक निर्माण सम्पन्न भए पछि ओखलढुङ्गाको लिखु गाउँपालीका पनि सदरमुकाम ओखलढुङ्गा संग सिधा जोडीएको छ । लिखु गाउँपालीका वडा नं ६ गाम्नाङ्गटारको कात्तिकेको पहरामा लगातार दुई महिना देखी पहरो फुटाएपछि लिखु गाउँपालीकाको वडा नं. ६, ७, ८ र ९ सदरमुकाम संग सिधा जोडीएको हो ।

सडक उद्घाटनका क्रममा जनप्रतिनिधिहरुले अव जिल्लामा सडक सञ्जाल बाट कुनै पनि स्थानहरु टाढा नभएको बताएका छन् । कार्यक्रमलाई सम्वोधन गर्दै संघिय प्रतिनिधीसभाका सांसद यज्ञराज सुनुवारले अवको दुई वर्षमा सिरीसे–गाम्नाङ्गटार–पोखरीडाँडा हुदै श्रीचौरको सडक निर्माणमा सम्पन्न गरीने बताउनुभयो ।

आफु निर्वाचित भए पछि, सिरीसेमा रहेको अधुरो लिखुखोलाको मोटरेवल पुलका लागी ठेकेदार कम्पनीलाई दुई पटक ताकेता गरीएको र स्टिीलट्रस निर्माण हुदै गरेको बताउनुभयो । साथै यो आर्थिक वर्ष भित्र स्टिलट्रस जोडीने र आँउदो दशैमा सिरीसेको पुलबाट गाडी दौडने पनि सुनुवारले प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सांसद सुनुवारले समिती, ठेकेदार कम्पनी र उपभोक्ता समितीहरुलाई नेता र कर्मचारीहरुलाई नपोस्न समेत आग्रह गर्नु भयो ।

त्यस्तै प्रदेशसभा ख का सांसद मोहनकुमार खड्काले सडक जोड्न सफल भएकोमा उपभोक्ता समिती र ठेकेदार कम्पनीलाई धन्यवाद दिदै अधुरा रहेका बिकासे योजनाहरुलाई तिब्र गतीमा गर्नहुन अनुरोध गर्नु भयो । ठेक्का पार्न जोडतोडका साथ लागी पर्ने र ठेक्का लागे पछि काम नगर्ने ठेकदारहरुले समयमा काम नगरे त्यस्ता खाले ठेकेदार कम्पनी हरुलाई कारबाहिको ढोका खोलीने बताउनु भयो ।

लिखु गाउँपालीका ६ गाम्नाङ्गटारमा आयोजित सडक उद्घाटन कार्यक्रममा डोजर उपलब्ध गराउने लेखबेसी कन्ट्रक्सन, डोजर अपरेटर र हेल्पर तथा सडक ठेकेदार कम्पनी लाई सडक निर्माणमा अहोरात्र खटेको भनि गाउँ पालीकाले सम्मान तथा प्रसंसा पत्र समेत प्रदान गरेको थियो ।

साविकका गाउँ विकास समिती तथा जिल्ला विकास समिती, सांसद बिकास कोष र गाउँपालीकाले यो सडक निर्माणका लागि लगानी गरेका हुन् । कुल बजेट दुई करोड एकानब्बे लाख रुपैयामा १८  किलो मिटर सडक निर्माण भए पछि लिखु गाउँपालीकाका सबै वडाहरु सदरमुकाम संग सिधा जोडीएका हुन् ।

सडक सञ्जालबाट जोडीएकोमा स्थानीयहरु खुसी भएका छन् । तर बिगत देखी अहिले सम्मको हिसाब पारदर्शी देखाउन नसकेकोमा र सुरुमा सडक निर्माणमा जुट्नेहरुलाई बेवास्ता गरेकोमा आक्रोसित समेत भएका छन् । नाम नवताउने सर्तमा गाम्नाङ्गटारका एक स्थानीयले भने, “करोडौ लगानी गरेर सडक निर्माण त भयो, तर पुराना हिसाब सार्बजनिक कहिल्यै भएनन् । यो वर्ष पनि उपभोक्ता समिती मार्फत बाटो खनीएको भए अझै ५ वर्ष कात्तीकेको भिर मै बाटो रहने थियो ।”

बिगतमा उपभोक्ता समितीहरुले लाखौ रकम अनियमितता गरेको र हरेक होटलहरुमा हजारौंको बिलतिर्नु परेको कारण यो सडक समयमा निर्माण हुन नसकेको आरोप उपभोक्ताहरुले लगाएका छन् । 

गत पौष १७ गते पनि खिजिदेम्वा गाँउपालिकाको दोराखर्कमा एक औपचारिक कार्यक्रमका साथ सडकको उद्घाटन गरिएको थियो । उक्त सडकको उद्घाटन सगै खिजिदेम्बा गाँउपालिका पनि औपचारिक रुपमा ओखलढुङ्गा जिल्ला सदरमुकाम सडक सञ्जालसँग सिधा जोडिएको छ ।