नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुंगामा पछिल्लो समय आत्महत्या गर्नेको संख्या बढ्यो ।

ओखलढुंगान्युज पौष २६,ओखलढुंगा ।
जिल्लामा पछिल्लो समय आत्महत्या गर्नेको संख्यामा बृद्धि भएको पाईएको छ । जिल्ला प्रहरी कार्यलयको तथ्यांक अनुसार पछिल्लो पाँच बर्षको अवधिमा १४८ जनाले आत्महत्या गरेका छन् ।

ति मध्ये सबै भन्दा बढि झुन्डिएर १ सय जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ । आत्महत्या गर्नेमा १२ देखी ३० बर्ष उमेर समुहका रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक टिका कार्कीले बताउनुभयो ।

कहिले कति ?

आर्थिक बर्ष २०७०–०७१ मा झुन्डिएर आत्महत्या गर्ने २० जना, हामफाली आत्माहत्या गर्ने १ जना र बिष सेवान गरि आत्महत्या गर्ने ७ जना रहेका छन् । त्यस्तै आर्थिक बर्ष ०७१–०७२ मा झुन्डिएर ९ र बिष सेवान गरी ५ जनाले आत्महत्या गरेका छन् ।

२०७२–७३ भने झुन्डिएर २०, बिष सेवन गरी ६ तथा फुटकर १ जनाले आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ । आर्थिक बर्ष २०७३–०७४ मा झुन्डिएर २१, बिष सेवनबाट ९ र हामफाली एक जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

यस आर्थिक बर्षको पछिल्लो ६ महिनाको अवधिमा भने झुन्डिएर १४ र बिष सेवन गरी ४ जनाले आत्महत्या गरेको तथ्यांकले देखाएको छ । यस्तै पछिल्ला पाँच बर्षको अवधिमा भवितव्यमा परी ८३ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

किन गर्छन् मानिसले आत्महत्या ?

आत्महत्या बढ्नुमा सामाजिक एकिकरणको भुमिका महत्वपुर्ण हुने समाजशास्त्री दिपेश घिमिरले बताउनुभयो । ‘आत्महत्या मनोबैज्ञानिक हर्मनले नभई, सामाजिक एकिकरणले हुने गर्दछ । कुनै पनि ब्यक्तीको परिवार संगको सम्बन्ध र समुदायको वातावरणले प्रभाब पार्ने हुन्छ’ घिमिरेले भन्नुभयो ।

आत्महत्या बिषेश गरी गाँउमा भन्दा सहरी क्षेत्रमा बढि मात्रामा हुने गरेको उहाँको बुझाई छ । ‘सहरमा गाँउमा भन्दा परिवारीक बन्धन कम हुन्छ यसले आत्महत्या बढाउछ,’ घिमिरेले भन्नुभयो । बिशेषतः परिवार बिचको बन्धनमा एकता नहुदा आत्महत्या बढ्ने गरेको समाजशास्त्री घिमिरेको भनाई छ ।

यसलाई कसरी रोक्ने ?

आत्महत्यालाई रोक्न समाजमा ऐक्यबद्धता बढाउन जरुरत रहेको घिमिरेले बताउनुभयो । ‘यसलाई शिक्षाका माध्यमबाट कम गर्न सकिन्छ । बेला बेलामा समुदायमा रहेका स्वास्थ्य चौकिहरुले पनि मानसीक स्वास्थ्य सम्बन्धी परामर्ष दिन जरुरी छ,’ उहाँले भन्नुभयो ।

आत्महत्या गर्ने ब्यक्तिले पहिले नै केहि लक्षणहरु देखाउने गरेको उहाँको भनाई छ । ‘आत्महत्या गर्ने ब्यक्तीले बिस्तारै परिवार संगको घुलमिल कम गर्ने गर्छन,’ उहाँले भन्नुभयो । यस्तो अवस्थामा उनिहरुसंग घुलमिल भै उनिहरुको बिशेष ख्याल गर्नुपर्ने उहाँको बुझार्ई छ ।