नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

गोविन्द केसी पक्राउ विरुद्धमा माइतीघरमा प्रदर्शन

ओखलढुङ्गान्युज, पौष २५ काठमाडौं ।

अनसन बसेका डा. गोविन्द केसीलाई सर्वोच्चको आदेशबाट सोमबार राति पक्राउ गरिएको छ । अदालतको मानहानी गरेको आरोपमा पक्राउ परेका डा. केसीको पक्राउको विरुद्धमा माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् ।

सर्वोच्चको आदेशबाट डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । डा. केसीको समर्थन र सर्बोच्च आदालतको निर्णयको विरुद्धमा उनका समर्थकहरुले सामाजिक सञ्जालहरु मार्फत पनि व्यापक विरोध र आलोचन गरिरहेका छन् । यहीबीच उनका समर्थकहरुले चिसो नभनी माइतीघर मण्डलामा मंगलबार विहानै देखी प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वस्वास्थ्यमन्त्री गगन थापाले समेत प्रदर्शनकारीहरुलाई आफ्नो साथ रहेको घोषणा गरेका छन् ।

माइतीघरको प्रदर्शनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्र लगायत अग्रपंक्तिमा देखिएका छन् । डा.केसीका समर्थकहरुले विरोध र आन्दोलन गर्नथालेपछि अहिले सर्वोच्च अदालत वरपर प्रहरीले बाक्लो उपस्थिती जनाउदै कडा पहरा दिइरहेका छन् ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा शशि शर्मालाई पुनर्वहाली गर्ने सर्वोच्चको आदेशपछि डा. केसी प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको राजीनामा माग गर्दै सोमबार देखी अनसनमा बसेका थिए ।