नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

विद्यालयहरुलाई लायन्स क्वब लिखु रामेछापको पुस्तक सहयोग

ओखलढुङ्गान्युज, पौष २३ ओखलढुङ्गा
लायन्स क्लब अफ लिखु रामेछापले लाखौ मूल्य बराबरको पूस्तक विद्यालयहरुलाई सहयोग गरेको छ । नेपालका पहाडी भूगोलमा रहेको विद्यालयमा अध्ययन गर्ने बालबच्चाहरुको क्षमता विकासमा सहयोग पु¥याउने तथा पढ्नेबानीको विकास गराउने उद्देश्यले पुस्तक वितरण गरिएको क्लवले जनाएको छ ।

केही समय अगाडी ओखलढुङ्गाको श्री भिमसेनस्थान माद्यमिक विद्यालय नर्मदेश्वर ओखलढुङ्गा, श्री हिमगंगा उच्च मावि साघुँटार रामेछाप, श्री चुली आधारभुत विद्यालय रगनी ओखलढुङ्गा र श्री गोल्मादेवी माध्यमिक विद्यालय पलापु ओखलढुङ्गालाई पुस्तक हस्तान्तरण गरेको छ । विद्यालयमा सञ्चालन भैरहेको पुस्तकालयमा रहने गरि पुस्तकहरु उपलब्ध गराईएको छ । हस्तान्तरण गरिएको पुस्तकहरु अधिकांस रुम टु रिडको सहयोगमा प्राप्त भएका पुस्तकहरु रहेका छन् ।

प्रत्येक विद्यालयमा करिब तिनलाख मूल्य बराबरको पुस्तकहरु उपलब्ध गराईएको लायन्स क्लव अफ लिखु रामेछापका प्रतिनिधि राजु श्रेष्ठले बताए । उनले भने, “उपलब्ध गराईएको पुस्तक विक्रिका लागि हैन । पुस्तकहरु विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु देखी युवा तथा पाको उमेरका मानिसहरुका लागि पनि उपयोगी मूलक छ । विद्यालयहरुका लागि पुस्तक बाहेक कम्प्युटरहरु पनि उपलब्ध गराउने तयारीमा छौं ।”

देशका दुरदराजमा रहेका विद्यालयहरुमा नोटबुक तथा चाडै कम्प्युटर शिक्षाका लागि आवश्यक कम्प्युटर उपलब्ध गराउने तयारीमा रहेको पनि क्लबले जनाएको छ । शिक्षाका क्षेत्रमा देशका भौगोलिक विकटतामा रहेका स्थानका विद्यालयहरुमा पुगेर क्लबले सहयोग गर्दै आएको छ ।

फरक फरक विद्यालयमा पुस्तक हस्तान्तरण  गतिबिधीहरु तस्विरमा :