नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

हिमालयन म्युजिक अवार्ड २०७४, ओखलढुङ्गाका २ श्रष्टा उत्कृष्ट ५ भित्र, भाेटका लागि गरे अनुराेध

एसएमएसवाट भोट दिन आग्रह

ओखलढुङ्गान्युज, पौष २३, ओखलढुङ्गा ।
हिमालयन म्युजिक अवार्ड २०७४ मा ओखलढुंगाका २ जना श्रष्टाहरु उत्कृष्ट ५ मा छनौट भएको छ । “सृजनाको मुल्यांकन, श्रष्टाको सम्मान, नेपाली संगितको प्रबर्द्धन हाम्रो अभियान” भन्ने नाराका साथ हिमालयन इन्टरटेन्टमेन्ट ग्रुपले हिमालयन म्युजिक अवार्ड २०७४ को आयोजना गरेको छ ।

उक्त अवार्ड प्रतियोगितामा ओखलढुंगा चम्पादेवी गाउँपालिका वडा नं ५ फेदिगुठ पोखरेका नव प्रवेशिका गायक तथा गायिका उत्कृष्ट पाँचमा छनौट भएका हुन् । संयोग मान्नु पर्छ उनीहरु दुवै एकै घरका दाजु बहिनी समेत हुन् । छनौट हुनेमा लोक गायिका पविता ग्याबा तामाङ र लोक तथा सेलो गायक सन्दिप ग्याबा तामाङ रहेका छन ।

अचम्मको कुरा त के छ भने दुवै जनाले कुनै किसिमको संगित कक्षा लिएका छैनन । अर्को घत लाग्दो कुरा त के छ भने उत्कृष्ट ५ मा छनौट भएको दुवै गीतमा अर्का सोही परिवारको आफ्नै भाईको पनि उपस्थिति छ ।

उत्कृष्ट ५ मा छनौट भएको पविताको स्वरमा रहेको न्याउली चरी रुन्छ वनैमा बोलको गीत उनका भाइ विरेन्द्र ग्याबा तामाङले रचना गरेका हुन् । त्यस्तै छनौट भएको सन्दिपको शब्द तथा स्वरमा रहेको पुर्वेली लोक गित जोर मादलको जुइना बोलको गितको म्युजिक भिडियोको कमेडि सिनमा पनि उनका भाइ विरेन्द्रको अभिनय रहेको छ ।

रातो मेहन्दि लाउदिन केशैमा बोलको गितबाट १ वर्ष अघि साङगितिक क्षेत्रमा डेब्यु गरेकि पविताले छोटो अवधिमा धेरैवटा लोक गितमा स्वर भरेकि छन । कामको सिलसिलामा मलेसिया पुगेका उनको पतिको ब्रेन ह्यामेरजका कारण प्यारालाइसिस भए पछि विक्षिप्त वनेका उनलाई सुर्य चन्द्र अनलाइन रोधिघर नामक अनलाइन संस्थाले सांगितिक क्षेत्रमा साथ दिदै आएको तामाङले बताइन् । उनी काठमाडौंमा होटल व्यवसाय गर्छिन ।

२ छोरी र श्रीमान संग बस्दै आएका उनले होटल वाटै सवैलाई पाल्नु परेको र काम छोडेमा परिवारको गर्जो टार्न समस्य भएकाले नै उत्कृष्ट ५ मा परे पनि अरु कलाकारले झै भोट माग्न सबै ठाउँमा र सबै संग पुग्न नसक्ने वताईन् । “मलाइ अवार्ड जितेर मेरो जिल्ला र गाउको नाम राख्नु छ, मलाइ तपाईंहरुले सहयोग गर्नुहुनेछ भन्ने आशा गरेकि छु” उनले सुनाइन ।

पवितालाइ भोट गर्न मोबाइलको मेसेज बक्समा गई 6F टाइप गरेर 35005 मा पठाउनु पर्नेछ । विदेशबाट भने भोटिङ सुविधा उपलब्ध छैन ।

त्यस्तै तकदिर एल्बममा समावेश शीर्ष गित “आपा त मेरो” बोलको गितबाट चर्चा कमाएका सन्दिपले पनि धेरैओटा सेलो गितमा स्वर भरेका छन । उनी शब्द सृजनामा पनि खप्पिस छन । उनी विगत लामो समयदेखि बैदेशिक रोजगारीको शिलशिलामा आबुधावीमा कार्यरत छन ।

विदेश भएकै कारण सन्दिपले पनि प्रचार प्रसार गर्न पाउने अवस्थामा छैन । उनलाइ भोट गर्न 5A टाइप गरि 35005 मा भोट गर्न नेपालमा रहेका शुभ चिन्तकहरुलाई आग्रह गरेका छन । फाइनल कार्यक्रम मलेसियामा हुने भनिएको शो अवार्ड प्रतियोगिलाइ 27 जनवरी सम्म नेपालबाट भोट गर्न पाउने छन ।