नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

काठमाडौंमा तापक्रम शून्यमा झ¥यो

ओखलढुङ्गान्यु, पौष २३ काठमाडौं ।
काठमाण्डौमा यो वर्षकै सबैभन्दा चिसो आज भएको छ । आइतबार बिहानको काठमाडौंको तापक्रम शून्य दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्ष कै कम तापक्रम भएको मौसमविद्ले बताएका छन् । तापक्रम कम भएसगै चिसो अत्याधिक मात्रामा बढेके छ ।

यसअघि शुक्रबार एक दशमलव ५ डिग्री मापन गरिएको काठमाडौंको शनिबारको न्यूनतम तापक्रम एक दशमलव ६ डिग्री सेल्सियस पुगेको थियो । पश्चिमी वायुको प्रभावसँगै भारतको जम्मु काश्मिर हुँदै हिमाल माथिबाट हावा आएकाले चिसो बढेको मौसमविद् वरुण पौडेलले बताउनुभयो ।

गएको वर्ष माघ १ गते न्यूनतम तापक्रम शून्य दशमलव ४ डिग्री सेल्सियसमा झरेको काठमाडौंको न्यूनतम तापक्रम २०३४ साल पुस २७ गते अहिलेसम्म कै कम माइनस ३ दशमलव ५ डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् पौडेलका अनुसार अबको एक हप्ता पानी पर्ने वा हिमपात हुने संभावना छैन । पानी नपर्दा उपत्यकासहित औद्योगिक क्षेत्रमा प्रदुषण बढ्ने उहाँले बताउनुभयो ।

गर्मी महिनामा दिउँसो चल्ने हावा हुन्डरीले धुँवा र धुलो उडाएर लाने भएपनि अहिले हावा नचल्दा प्रदुषण बढेको उहाँको भनाई छ । अहिले तराइसहित देशका धेरै ठाउँमा बाक्लो हुस्सु लागेको छ । यो दिउँसोपछि विस्तारै हट्ने मौसमविद्को अनुमान छ । गएको २४ घण्टामा जुम्लामा सबैभन्दा चिसो छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

 

 

 

श्रोत ः उज्यालो अनलाईन