नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

वडा अध्यक्ष कमलले गरे १८० दिनको गतिबिधी सार्वजनिक

विवेश श्रेष्ठ, पौष २२ ओखलढुङ्गा 
ओखलढुङ्गामा एकजना वडा अध्यक्षले आफुले १८० दिनको गतिबिधी सार्वजनिक गरेका छन् । ओखलढुङ्गा खिजिदेम्बा गाँउपालिका वडा नं. ४ का वडा अध्यक्ष कमल प्रसाद न्यौपानेले कार्यप्रगती सार्वजनिक गरेका हुन् ।

ओखलढुङ्गामा भएको स्थानीय तहको दोश्रो चरणको निवार्चन २०७४ अन्तर्गत असार १४ गते भएको निर्वाचनमा निर्वाचित वडा अध्यक्ष हुन् । न्यौपानेले सार्वजनिक गरेका २९ वुदाको गतिबिधीमा वडा अध्यक्षको हैसियतले बैठकमा सहभागी हुनेदेखी वडा कार्यालयमा ईमेल र ईन्टरनेटको पहँुच विस्तार गरेको महत्वकांक्षाको योजना समेत छ ।

न्यौपानेले आफ्नै वडा कार्यालयमा शुक्रवार एक कार्यक्रमको आयोजना गरि गतिबिधी सार्वजनिक गरेका हुन् । यो सार्वजनिक आफु पारदर्शीहुने र अरुलाई पनि पारदर्शी बनाउन अभिप्ररेति गर्ने उद्देश्ले गरिएको न्यौपानेले बताए । ओखलढुङ्गामा निर्वाचित भएका जनप्रतिनिधीहरु मध्ये युवा जनप्रतिनिधीहरुले आफ्नो काम कार्बाहीलाई समेटेर गरेको गतिबिधी सार्वजनिक गर्न थालेका छन् ।

यसभन्दा अगाडी सुनकोशी गाँउपालिका वडा नं. ५ का वडाअध्यक्ष गोविन्दराम तामाङ र सुनकोशी गाँउपालिका कै वडा नं. ९ का वडा अध्यक्ष झनक कुमार कार्कीले आफु निर्वाचित भएपछिको १३१ दिनको कार्यप्रगति तथा गतिबिधीलाई सार्वजनिक गरेका थिए । यस्तो सार्वजनिक गर्नु जिल्ला कै लागि जवाफदेहिताको नमूना हो ।

पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत ओखलढुङ्गामा कार्यरत सोच नेपालका जिल्ला प्रतिनिधी शिब ढुङ्गानाले जिल्लामा जवाफदेहिताको नमूना पेश गर्ने जनप्रतिधिहरुलाई बधाई दिदै यस कार्यका लागि निरन्तरता दिन अनुरोध गरेका छन् । यसवाट जिल्लाका अन्य जनप्रतिनिधीहरुले पनि पाठ सिकेर गतिबिधी सार्वजनिक गर्ने कुराको विश्वास समेत ब्यक्त गरेका छन् ।

यसै गरि सबै जनप्रतिनिधीहरुले आफुले गरेका कृयाकलापहरु सार्वजनिक गरे अनि गर्नपर्ने कामवारे नागरिकहरुसग सुझाब लिए पक्कै विकासले छलाङ मार्ने कुरामा दुईमत रहन्न ।

के के छन् त न्यौपानेले सार्बजनिक गरेका २९ बुदामा ?