नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

फिलिपिन्समा भिषण आँधीः मृतकको संख्या १ सय ८० नाघ्यो

ओखलढुङ्गान्यूज, पौष ९ काठमाडौं ।
फिलिपिन्समा शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको संख्या १ सय ८० नाघेको छ । फिलिपिन्सको दोस्रो ठूलो टापुका रुपमा चिनिने मिन्दानाओमा आएको सो आँधीका कारण अरु कैयौं बेपत्ता भएको अधिकारीहरूले जनाएका छन् ।

आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका छन् । घटनास्थलमा उद्धारकर्मी खटिएका छन् । उनीहरुले केही शव बाहिर निकालेका छन् भने, महिला, बालबालिकालगायतका घाइतेलाई उद्धार गरिरहेको छ । सयौँ घरहरु ध्वस्त भएका छन् भने कतिपय गाउँ नै मासिएका छन् ।

फिलिपिन्समा हरेक वर्ष झण्डै २० वटा आँधी आउने गरेको छ । यस आँधीको कारण सयौँ व्यक्तिको मृत्यु हुनेगरेको छ । अहिलेको आँधीले कारण पनि लाखौं स्थानीय वासिन्दा प्रभावित भएका छन् । यसअघि सन् २०१३ को नोभेम्बरमा आएको ‘हैयान’ नामक आँधीमा परी झण्डै सात हजार ३ सय ५० को मृत्यु भएको थियो ।

यसैबीच, आँधीको मारमा परेको फिलिपिन्सको सपिङ मलमा शनिबार भीषण आगलागी भएको छ । दक्षिण फिलिपिन्सको डाभाओमा लागेको आगलागीमा कम्तीमा २५ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । आगलागीको कारण खुलेको छैन । आगलागी भएको डाभाओ सहर राजधानी मनिलाबाट ८ सय किलोमिटर दक्षिण–पूर्वमा पर्छ ।

 

 

 

श्रोत ः अनलाईनखबर