नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

१३ वर्षपछि ३३ केभी प्रसारण सबस्टेशन निर्माण

ओखलढुङ्गान्युज, पौष ५, ओखलढुङ्गा
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका ११ मा निर्मित सबस्टेशन निर्माण पुरा भएको छ । निर्माण पुा भएसगै आईतबारदेखि परिक्षणका लागि ३३ केभी चार्ज शुरु गरिएको हो । ठेक्का लागेको १३ वर्षपछि बुईपा– ओखलढुंगा ३३ केभी प्रसारण लाईनको सबस्टेशन निर्माण सम्पन्न भएको छ ।

केही दिन परिक्षणकै रुपमा चार्ज गरिने बुईपा ओखलढुंगाा ३३ केभी प्रसारण आयोजना प्रमूख चन्द्रवीर खड्काले बताए । उनले यही साताबाट नियमित सुचारु हुनसक्ने समेत बताए । ‘सबै काम सकिएका छन् ।’ खड्काले भने, ‘परिक्षण सफल हुने बित्तिकै सुचारु भईहाल्छ ।’

                                          ओखलढुंगा सदरमुकामको सिनपा ११ मा निर्मित विद्युत सबस्टेशन ।
                                                                                                                                                                                 तस्बीरः कुम्भराज राई

सबस्टेशन निर्माणका लागि हुलास स्टील कम्पनीले ठेक्का लिएको थियो । तर हुलासले पनि सब–कन्ट्रयाक्टरको रुपमा एन्जिला कन्सट्रक्सनलाई काम दिएपछि समयमा निर्माण सम्पन्न भएको थिएन । काम सम्पन्न नहु“दा जिल्लामा पटक पटक विभिन्न चरणमा आन्दोलन समेत भएका थिए । जिल्लाका सांसदहरुले गतवर्ष मात्रै तत्काल काम गराउन विद्युत प्राधिकरणलाई दबाब दिएका थिए ।

सब–कन्ट्रयाक्टरको रुपमा काम लिएको एन्जिलाले काम नगरेपछि हुलास आफैले काम सम्पन्न गरेको हो । सबस्टेशन नियमित सञ्चालन भएसगै जिल्लामै निर्माण भएको ७ मेगावाट क्षमताको मोलुङ जलविद्युत आयोजना पनि सञ्चालन हुने तयारी भईरहेको छ ।

मोलुङ जलविद्युतको परिक्षण उत्पादन समेत सफल भईसकेको छ । सब स्टेशन सञ्चालनमा आउने बित्तिकै राष्ट्रिय प्रसारणमा जडान गरिने मोलुङ जलविद्युत आयोजना प्रमूख नवीन महर्जनले बताए । मोलुङ जलविद्युत आयोजना सञ्चालन पछि जिल्लालाई लोडसेडिङ मुक्त बनाउन स्थानीयले माग गरेका छन् ।

विद्युतीकरण हुन बा“की सबै क्षेत्रमा विद्युत विस्तार गरि जिल्लालाई उज्यालो बनाउने पहिलो प्राथमिकता रहेको समेत नव निर्वाचित प्रतिनिधिहरुले बताएका छन् । ‘सबस्टेशन र जलविद्युत दुवै काम एकै पटक सम्पन्न हुनु जिल्लाको लागि सबैभन्दा ठूलो सफलता हो ।’ प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारले भने, ‘अबको हाम्रो काम उज्यालो ओखलढुंगा बनाउनु हुनेछ ।’