नेपाली समय Loading...२०८१ बैशाख ४ मंगलवार

अमेरिकी दूतावासअगाडि प्रदर्शन भएको प्रदर्शनमा हिंसात्मक झडप

ओखलढुङ्गान्युज मंशिर २७ ।
लेबनान स्थित अमेरिकी राजदुतावासको अगाडी भएको प्रदर्शनमा हिंसात्मक झडपहरु भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएको विरोधमा भएको प्रदर्शनमा हिंसात्मक झडपहरू भएको हो ।

राजधानी बेरुतको उत्तरमा अमेरिकी दूतावासनजिकै सयौंको संख्यामा प्रदर्शनकारीले ट्रम्पको निर्णयको विरोध गरिरहेका छन् । बीबीसीका अनुसार प्रदर्शनकारीलाई भगाउन सुरक्षाकर्मीले अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेका छन् ।

स्थानीय सञ्चार माध्यमका अनुसार कपितय प्रदर्शनकारीले पर्खाल चढ्ने तथा दूतावासको हाताभित्र प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । कालो कपडा र सेतो स्काफ लगाएका प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति ट्रम्पका विरुद्ध नाराबाजी गरेका थिए ।

लेबनानका कम्युनिस्ट पार्टी नेता हन्ना घरिबले प्रदर्शनकारीलाई सम्बोधन गर्दै ‘अमेरिकीहरू प्यालेस्टिनीको शत्रु’ भएको बताए । प्रदर्शनकारीको एक समूहले ट्रम्पको पुत्ला जलाएका थिए ।

जेरुसेलमलाई गत बिहीबार राजधानीको मान्यता दिएलगत्तै ट्रम्पले इजरायलको तेलअभिभस्थित अमेरिकी दूतावास जेरुसेलम सार्ने निर्णय गरेका थिए । उक्त निर्णयको व्यापक भत्र्सना भएको छ । लेबनानमा ४५ हजार प्यालेस्टिनी शरणार्थीहरू छन् ।

जेरुसेलमप्रति लामो समय मौन रहेको अमेरिकाले गत बिहीबार जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिएपछि केही समय शान्त रहेको मध्यपूर्वमा हिंसा भड्किएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ट्रम्पको निर्णयको विरोधमा इन्डोनेसियाको राजधानी जाकार्तास्थित अमेरिकी दूतावासअगाडि पनि प्रदर्शन गरेका छन् ।

श्रोत ः विविसी र रोयटर्स