नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

सुरुभयो सिन्धुलीमा पनि हावाबाट बिजुली उत्पादन

ओखलढुङ्गान्युज, मंशिर २७, सिन्धुली ।

मंसीर महिनामा नेपालकै सबैभन्दा ठूलो ‘हावाबाट चल्ने सोलार हाइब्रिड पावर सिस्टम’को शुरुवात सिन्धुलीमा भएको छ । मंगलवारवाट विजुली उत्पादन सुरु भएको छ । एशियन डेभलप्मेन्ट ब्यांक (एडीबी)को परियोजनामा सिन्धुलीको हरीहरपुरगढी गाउँमा ‘हाइब्रिड सोलार सिस्टम’को शुरुआत भएको हो ।

परियोजनाले सिन्धुलीको हरिहरपुरगढी गाँउका ८३ ग्रामीण घरपरिवारमा विद्युतीय सेवा उपलब्ध गराएको छ । यसमा हावाबाट चल्ने १५ किलोवाटका टर्बाइन जडान गरिएको छ । गाउँमा ८७ किलोवाट बिजुलीको माग छ तर परियोजनाले दैनिक ११० किलोवाट ऊर्जा उत्पादन गर्दछ ।

यसलाई वैकल्पिक ऊर्जा सम्वर्धन केन्द्र ९एईपीसी० द्वारा कार्यान्वयन गरिएको छ । यो परियोजना ‘दक्षिण एशिया उपक्षेत्रीय ऊर्जा प्रणाली विस्तार’ अन्तर्गत शुरुआत गरिएको हो । परियोजना १६।२ मिलियन अमेरिकन डलरको लागतमा बनेको छ । मनिलामा रहेको एडीबी आर्थिक वृद्धि, स्वच्छ ऊर्जा, क्षेत्रीय एकीकरणको माध्यमले एशिया तथा प्रशान्त क्षेत्रको गरीबी घटाउन क्रियाशील छ ।

हावावाट पनि विजुली उत्पादन हुन्छ भनेर नेताहरुले गरेको भाषणलाई हावामा उडाउनेहरुलाई यो परियोजनाले पाठ पढाएको छ । गरेदेखी असम्भावना भन्ने केही हुन्न भन्ने कुरा पनि यो परियोजनाको काम वाट सिक्न जरुरी छ ।