नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

दोलखाको तिनओटै क्षेत्रमा वामगठबन्धन विजय नजिक

विमला बुढाथोकी, मंशिर २३, दोलखा ।
दोलखामा बाम गठबन्धनले आफ्नो मतान्तरलाई अझ बढाएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा दुवैमा आफ्ना विपक्षी भन्दा धेरै मत अन्तरले अगाडी रहेका छन् ।

पछिल्लो पटक सार्वजनिक भएको मत परिणाम अनुसार दोलखावाट प्रतिनिधीसभा सदस्य पदमा बामगठबन्धका पार्वत गुरुङ ५३ हजार ९ सय २८ मत प्राप्त गरी आफ्नो अग्रतालाई कायम नै राखेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुद्र बहादुर खड्काले २३ हजार २ सय २० मत पाएका छन् ।

त्यसैगरि दोलखाको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ क मा पनि बाम गठबन्धनका उमेद्वार विशाल खड्काले आफ्नो अग्रतालाई कायम नै राखेका छन् । खड्काले २५ हजार ६ सय ६५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले ११ हजार ८ सय ८४ मत प्राप्त गरेका छन् ।

दोलखाको प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ ख मा वामगठबन्धनका पशुपती चौलागाई २१ हजार १ सय ५६ मत प्राप्त गरी आफ्नो अग्रतालाई कायम नै राखेका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशव चौलागाईले ९ हजार ७ सय ४९ मत प्राप्त गरेका छन् । दोलखाको प्रदेशसभा तथा प्रतिनिधीसभा सदस्य गरि तिनओटै क्षेत्रमा अब वामगठबन्धनको जित निश्चित भैसकेको छ ।