नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गा जिल्ला, बामको किल्ला : प्रतिनिधी सभातर्फ यज्ञराज भारी मत अन्तरले विजयी

विएन श्रेष्ठ, मंशिर २३, ओखलढुङ्गा ।

मंशिर २३ गते सुर्योदयको समय । पूर्व क्षितिजवाट घाम उदाउदै गर्दा ओखलढुङ्गामा यज्ञराज सुनुवारलाई विजयी घोषणा गरिएको छ । सुनुवार ओखलढुङ्गा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधी सभासदस्यका उमेद्वार हुन् । उनी बामगठबन्धनका साझा उमेद्वार पनि हुन् ।

ओखलढुङ्गामा खसेको कुल मतदाता संख्या १ लाख २ हजार ८ सय २१ छ । उक्त मतदाता संख्या मध्ये प्रतिनिधी तथा प्रदेशसभा सदस्य पदका लागि ओखलढुङ्गावाट ६५ हजार ८ सय २१ जना मतदाता रहेका थिए । कूल मताता मध्ये ६४ दशमलव ३७ अर्थात ६५ हजार ८ सय २१ मतदाताले आफ्नो अधिकारको प्रयोग गरेका थिए ।

यसपटकको मतदाता शिक्षा सञ्चालनमा अत्यन्तै फितलो व्यबस्थापन भएको पाईएको छ । साथै गठबन्धनका पार्टीहरुले आफ्ना शुभचिन्तक मतदाताहरु समक्ष पनि आफ्नो चुनाव चिन्ह र छाप लगाउने तरिका बारेमा नबुझाएको पनि पाईएको छ । कुल बदर मत मध्ये झण्डै ९० प्रतिशत मत बाम गठबन्धनको रहेको छ । खसेको कूल मत मध्ये ४ हजार ७८ मत बदर भएको छ ।

मुख्य निर्वाचन अधिकृत कैलाश केसीले दिनुभएको जानकारी अनुसार चुनाव चिन्ह सुर्यले ३२ हजार ५ सय ८० मत प्राप्त गरेको छ । त्यस्तै रुखले २७ हजार ३ सय २७, हसिया र ताराले ६ सय ६५, मशालले ५ सय ३४, आँखाले २ सय ३४, गिलासले १ सय ६, मुठिले ९५, भालेले ७४ र चुना चिन्ह हवाईजहाजले ६३ मत प्राप्त गरेको छ ।

यसभन्दा अगाडी २२ गते बेलुकी नै ओखलढुङ्गा प्रदेशसभा १ क का बामगठबन्धनका उमेदवार अमिरबाबु गुरुङले १९ हजार ९ सय ८ मत प्राप्त गरेर विजयी घोषित भै सकेका छन् । प्रदेश सभा सदस्य ओखलढुङ्गा क्षेत्र नं. १ ख का बाम गठबन्धनका उमेदवार मोहन कुमार खड्का पनि आफ्ना मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदिप कुमार सुनुवारलाई सय मतको अन्तरमा पछि पार्दै अग्रता कायम गरिरहेका छन् । गणना भैसकेको क्षेत्र नं. १ ख को मानेभञ्ज्याङ्ग गाँउपालिका कांग्रेसको गढको रुपमा चिनिन्छ ।