नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

ओखलढुङ्गामा मतगणनाको पछिल्लो मत सार्वजनिक, खतिवडा र सुनुवारकाे मतान्तर अझ बढ्याे

ओखलढुङ्गान्युज, मंशिर २२ ।
ओखलढुङ्गाको प्रतिनिधी सभा सदस्य निर्वाचन २०७४ को पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार संयुक्त बाम गठबन्धनका साझा उमेद्वार एमालेका यज्ञराज सुनुवारले २० हजार ५ सय ५६ मत प्राप्त गरि आफ्नो अग्रतालाई कायमै राखेका छन् । त्यस्तै नेपाली कांग्रेसका उमेदवार रामहरि खतिवडाले १८ हजार ६ सय १३ मात्रै मत प्राप्त गरेका छन् ।

त्यस्तै प्रदेशसभा सदस्य तर्फ ओखलढुङ्गा क्षेत्र नं. १ क तर्फ बामगठबन्धनका उमेद्वार अमिरबाबु गुरुङ विजयी नजिक भएका छन् । खिजिदेम्बा गाउपालिकाको मतगणना सम्पन्न हुनु अगावै उनी विजय नजिक पुगेका हुन । गुरुङले आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका मित्रसेन दाहाललाई ६ हजार भन्दा बढि मतले पछाडी पारेका छन् ।

तर अब गणना हुन बाकी मत २ हजार १ सय ३५ मात्रै छ । पछिल्लो पटक सार्वजनिक गरिएको मतपरिणाम अनुसार ओखलढुङ्गा प्रदेशसभा निर्वाचन क्षेत्र नं. १  क का उमेदवार अमिरबाबु गुरुङले १७ हजार ७ सय ७५ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली कांग्रेसका मित्रसेन दाहालले ११ हजार ५ मत मात्रै प्राप्त गरेका छन् ।