नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

नेपालले थाइल्याण्डसँग अंक बाड्यो

ओखलढुङ्गान्युज डटकम मंशिर ५, काठमाडौं ।
आइसीसी महिला टि-२० विश्वकपमा नेपालले थाइल्याण्डसँग अंक बाँडेको छ । आइसीसी महिला टि-२० का लागि एशियाली छनोटको आफ्नो पहिलो खेल वर्षाले प्रभावित बनेपछि अंक बाडेको हो ।

घरेलु टोली थाइल्याण्डले नेपाली टोलीका लागि ९१ रनको लक्ष्य दिएको थियो । आफ्नो लक्ष्य प्राप्तीकालागि थाईल्याण्डलाई पछ्याएको नेपालले ३.४ ओभरमा १० रन बनाउँदा वर्षाका कारण खेल रोकियो । त्यसपछि खेल हुन सकेन र दुवैले एक एक अंक बाँडे ।

बैंककको टेर्डथाई क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाउँदै ९० रन मात्रै जोडेको थियो । उसका लागि चाइवाईले सर्वाधिक २३ रन बनाइन् । त्यस्तै चानथमले १८ रन टिमको खातामा जोडिन् ।

बलिङतर्फ नेपालका लागि सरिता मगरले २ तथा कप्तान रुविना क्षेत्री र करुणा भण्डारीले एक एक विकेट लिए । प्रतियोगिता अन्तर्गत नेपालले आज मंगलबार हङकङसँग खेल्नेछ ।