नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

आचारसंहिता उल्लंघन गर्नेलाई भोट नदिनुस् : निर्वाचन आयुक्त पौडेल

ओखलढुङ्गान्युज डटकम मंशिर ५,
संघिय प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन नजिकिए सगै दलहरुले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन् । यसैक्रममा निर्वाचन आयोगमानिर्वाचन आचार संहिताको उल्लंघन भयो भन्दै उजुरीहरु पनि व्यापक रुपमा आएको छ । निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी निर्वाचन आयोगमा परेपनि उमेदवारलाई कारवाही भएको भने अहिले सम्म पाईएको छैन ।

आचारसंहिता उल्लंघन गर्नेलाई कार्बाही नभएको गुनासो आएपछि निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई भोट नदिएर जनताले कारवाही गर्नुपर्ने बताएक छन् । निर्वाचन आयुक्त पौडेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मदेवारलाई भोट नहाल्न पनि सुझाव दिएका हुन् ।

‘निर्वाचन सम्बन्धि आचारसंहिता निर्वाचन आयोगको मात्र होइन, सबैको हो ।’ अनुगमनका क्रममा सोमबार गोरखा पुगेका आयुक्त पौडेलले भने, ‘ आचारसंहिता पालना नगर्नेलाई निर्वाचन आयोगले कारवाही गर्नुभन्दा पनि जनताले भोट नदिएर सजाय दिनुपर्छ ।’

पौडेलले सार्वजनिक स्थलमा चुनावी प्रचारका पोष्टरहरु टाँसेको भए तत्काल हटाउन पनि दलहरुलाई निर्देशन दिएका छन् । सबै दल समान भएकाले आयोगले कसैलाई काखा, कसैलार्इ पाखा नगर्ने उनले प्रष्ट पारे । अनुगमन टोलीमा पश्चिमाञ्चल क्षत्रीय प्रशासक लक्ष्मण अर्याल, प्रदेश ४ का प्रहरी प्रमुख एआईजी कमलसिंह बम लगायत सहभागी छन् ।