नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुंगाका बुद्धिजीवि यज्ञराजका पक्षमा

ओखलढुङ्गान्युज डटकम, मंशिर ४, ओखलढुंगा । ओखलढुङ्गाका लेखक तथा बुद्धिजीविहरुले संघीय प्रतिनिधीसभाको निर्वाचनमा यज्ञराज सुनुवारलाई मतदान गर्न अपिल गरेका छन् । उनीहरुले आज एक अपिल जारी गर्दै यस्तो अपिल गरेका हुन् । ओखलढुंगा जिल्ला र राजधानीमा रहेर बौद्धिक क्षेत्रमा क्रियाशील नागरिक समाजका अगुवाहरुले यज्ञराज सुनुवारलाई सूर्य चिह्नमा मतदान गर्न अपिल गरेका हुन् ।

ओखलढुंगाका बुद्धिजिविहरुको तर्फबाट अपिल जारी गर्दै उनीहरुले जिल्लाको विकास निर्माणमा सुनुवारको योगदान, भुकम्प प्रभावित जिल्ला बनाउन भुमिका खेलेको भन्दै यस्तो अपिल जारी गरेका हुन् । त्यस्तै आफ्नो निर्वाचन क्षेत्र सडक सञ्जालमा जोड्न सफल भएको, अन्तर जिल्ला जोड्ने सडक निर्माणका लागि बजेट विनियोजनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको अपिलमा उल्लेख छ ।

त्यस्तै भुकम्पपछिको उद्धार तथा राहतका लागि एक महिने अभियान संचालन गरेर भत्किएका संरचना हटाउन पार्टी अभियान संचालन लगायतका काम गरेको तथा जिल्लाको शिर झुकाउने काम नगरी स्वच्छ छवि कायम गरेकाले यस पटक संघीय प्रतिनिधि सभामा सुनुवारलाई सूर्य चिन्हमा मतदान गर्न सबै ओखलढुङ्गाबासीलाई अपिल गरेका हुन् ।

सुनुवारले भुकम्पबाट ज्यान गुमाएका सबै परिवारलाई १० हजारका दरले सहयोग गरेको, जिल्लाका महत्वपूर्ण सडक आयोजनाहरु शुचारु गरेको, खिजीमा इलाका प्रशासन कार्यालय स्थापना गरेको लगायतका काममा स्मरण गराउँदै जिल्लाबासीहरुलाई अपिलमा यज्ञराज सुनुवारलाई मतदान गर्न अपिल गरिएको छ ।