नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुंगामा बामको कार्यक्रमलाई लक्षित गरी बम बिस्फोट

 

२ मंसिर ओखढुंगा

ओखलढुंगामा बाम गठबन्धनको कार्यक्रमलाई लक्षित गरी बम बिस्फोट भएको छ । सुनकोशी गाउँपालिका ७ च्यानम स्थित पाथिभरा जंगल नजिकै शनिबार बिहान बम विस्फोट भएको हो । सदरमुकाममा हुने वाम गठबन्धनको कार्यक्रममा आएको गाडीलाई लक्षित गरि बम विस्फोट गरिएको बताईएको छ।

वाम गठबन्धनका कार्यकर्ता चढेको गाडी कट्ने वित्तिकै बम विस्फोट भएको प्रहरीले जनाएको छ । बम विस्फोट भएपनि कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक टिका कार्कीले बताए ।

त्यसैगरी शनिबार बिहान नै मोलुङ गाउँपालिका(१ कुन्तादेवी पनि सडकमा बम राखिएको आशंका गरिएको छ । बम जस्तै देखिने उक्त वस्तु सडकमा भेटिएको हो । उक्त वस्तु बम हो या होइन भनेर परीक्षण गरिने र यदि बम भएको खण्डमा डिस्पोज गर्न सेनालाई अनुरोध गरिसकेको प्रहरीले जनाएको छ ।

बम बिस्फोट विप्लव समुहका कार्यकर्ताले राखएको अनुमान गरिएको छ । बिस्फोट पछि सर्बसाधारण त्रसिद बनेका छन् । बिस्फोट गराउनको ब्यक्तीको पहिचान हुन सकेको छैन ।