नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

बनेपा तनावग्रस्त, अरनिको राजमार्ग अवरुद्ध

ओखलढुङ्गान्युज डटकम, मंसिर १,काभ्रे । काभ्रेको बनेपामा आज दिउसो ट्रिपरले ठक्कर दिदा मोटरसाईकल चालकको मृत्यु भएको छ । ट्रिपरको ठक्करले मोटरसाइकल चालक घाइते भएपछि सुरु भएको विवाद झडपमा परिणत भएपछि बनेपा तनावग्रस्त भएको छ । शुक्रवार साझसम्म पनि तनाब जारी छ ।

पीडित पक्षले गरेको प्रदर्शन नियन्त्रणवाहिर गएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ । परिस्थिति नियन्त्रणबाहिर गएपछि साझ नपरिकनै प्रहरीले बजार बन्द गराएको छ । बनेपामा बा २ ख ६१७३ नम्बरको लोड भएको ट्रिपरले ना १६ प २७१७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

बनेपा हुँदै काठमाण्डौ तर्फ गईरहेको ट्रिपरले फरक साईडमा गएर मोटरसाईकललाई ठक्कर दिइएको बताईएको छ । दुर्घटनामा परेका मोटरसाइकलमा सवार चालक धुलिखेल नगरपालिका २ बस्ने बिशाल तामाङ गम्भिर घाईते भएका छन् । उनको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

आक्रोशित भिडले ट्रिपर माथि तोडफोड गरेका छन् । तोडफोडवाट ट्रिपर पूर्ण रुपमा क्षती भएको छ । ट्रिपर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।