नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

जिम्बाबेमा सैन्य कु, ढल्यो मुगाबे शासन

ओखलढुङ्गान्युज डटकम कात्तिक ३०, काठमाडौं । जिम्बाबेमा सैन्य कू भएका छ । केही दिन अगाडी जिम्बावेमा रक्तपातविहीन नै सैन्य कू भएको हो । देशको सासन सत्ता सेनाले लिएको छ भने राष्ट्रपति रोबर्ट मुगाबे पक्राउ परेका छन् । त्यसअघि जिम्बावेको सेनाले पब्लिक ब्रोडकास्टर जेडबीसी नियन्त्रणमा लिएको थियो । टीभीमा एक जनरलले सम्बोधन गर्दै कु नभएको बताए । साथै राष्ट्रपति मुगाबे र उनको परिवार सुरक्षित रहेको बताए ।

सेनाले मुगाबे वरिपरि रहेर अपराध गर्नेहरु मात्र आफ्नो निसानामा रहेको बताएको छ । भनिएको छ, ‘जब हामी आफ्नो मिसन सम्पन्न गर्छौ, स्थित सामान्य हुनेछ ।’ तर, सत्तारुढ पार्टीले ट्वीट गरेर मुगाबे पक्राउ परेको जानकारी दिएको बीबीसीले जनाएको छ । मुगाबेले भने केही बोलेको छैनन् । सन् १९८० देखि जिम्बावेको शासन सत्ता उनकै हातमा थियो । सेनाले संसद र सत्तारुढ पार्टी जानु पीएफ पार्टीको मुख्यालय जाने बाटो बन्द गरेको छ । राजधानी हरारेको उत्तरी भागमा गोली चलेको र विस्फोटको आवाज समेत सुनिएको छ ।

जिम्बावेमा जे भइरहेको छ, त्यसमा कूको सबै गुण छ । बीबीसी अफ्रिकाका एडिटर भन्छन्, ‘रोबर्ट मुगाबेकी पत्नी ग्रेससँग के हुन्छ, त्यो हेर्न रोचक हुनेछ ।’ जिम्बावेमा राजनीतिक संकटको सुरुवात भने उपराष्ट्रपति इमरसन मानगावाको बर्खास्तीसँगै सुरु भएको थियो । यसलाई ५२ वर्षीया ग्रेसले आफ्नो पति मुगाबेको पदचाप पछ्याउँदै जिम्बेवेको नेतृत्व गर्ने तयारीका रुपमा हेरिएको थियो ।

ग्रेस, इमरसन मानगावालाई आफ्नो दुश्मन मान्छिन् । त्यसैले उनलाई उपराष्ट्रपतिबाट हटाउन ग्रेसले पति मुगाबेलाई चेतावनी दिएकी थिइन् । गुप्तचर ब्यूरोका पूर्व प्रमुख समेत रहेका मानगावा राष्ट्रपतिका दाबेदार थिए । उनलाई बर्खास्त गरेपछि जानु पीएफ पार्टीको आगामी महिना हुने विशेष सम्मेलनबाट मुगाबी पत्नीलाई उपराष्ट्रपति नियुक्त गर्ने अनुमान थियो । तर, त्यसअघि नै जिम्बावेको सेनाले राष्ट्रपति मुगाबेलाई चुनौती दिएको छ । हाल देश बाहिर रहका इमरसन मानगावा शासन सत्तामा आउने अनुमान छ ।