नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

एसीसी यू १९ एसिया कप, भारतको हारसँगै नेपाल पहिलोपटक सेमिफाइनलमा

ओखलढुङ्गान्युज डटकम कात्तिक २९, काठमाडौ
एसीसी अन्डर १९ एसिया कपमा नेपाल सेमिफानलमा पुगेको छ । उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत मंगलबार भएको खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । त्यस्तै बंगलादेशले भारतलाई पराजित गरेपछि सेमिफाइनल समीकरण समेत पूरा भएको छ ।

नेपालले यो सफलता पहिलोपटक पाएको हो भने डिफेन्डङ च्याम्पियन भारत समूह चरणबाटै बाहिरिएको छ । भारत र बंगलादेश बीचको खेलमा भारत पराजित भएपछि नेपालले रनरेटका आधारमा दोस्रो चरणको यात्रा सुनिश्चित गरेको हो । समूह ‘ए’ बाट नेपाल र बंगलादेश साथै समूह ‘बी’ बाट अफगानिस्तान र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् । समूह ‘ए’ को उपविजेता नेपालले समूह ‘बी’ को विजेता अफगानिस्तानसँग आउँदो शुक्रबार खेल्नेछ ।

समूह ुएु को उपविजेता बन्दै नेपाल दोस्रो चरणमा प्रवेश गरेको हो । बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि नेपाल समूहको उपविजेता बनेको हो । समूह चरणको अन्तिम खेलमा मलेसियालाई ८ विकेटले पराजित गरे पनि नेपालका दोस्रो चरणको संभावना भारत र बंगलादेशबीचको खेलमा निर्भर थियो । मंगलबार बंगलादेशसँग ८ विकेटले पराजित भएपछि डिफेन्डिङ च्याम्पियन भारत समूह चरणबाटै बाहिरिएको छ । भारतको यो हार सगै नेपाल दोश्रो चरणमा पुग्ने पक्का भएको हो ।

वर्षाले प्रभावित भएर ३२ ओभरमा झारिएको खेलमा बंगलादेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको भारतले ३२ ओभरमा ८ विकेट जाँदा १ सय ८७ रन बनाएको थियो । बंगलादेशको जितमा पिनाक घोसले ७७ बलमा ८१ रन, मोहम्मद ताउहिद हिदयोले ३२ बलमा ४८ रन साथै नइम शेखले ४४ बलमा ३८, मोहम्मद सइफ हसनले १६ बलमा १६ रन बनाए ।

मलेसियासँगको जितमा सन्दिप लामिछानेको भूमिका निकै ठूलो रह्यो । उनले खेलमा ४ ओभर ३ बलमा ८ रन खर्चेर ५ विकेट लिए । वर्षाले प्रभावित भएर २४ ओभरमा झारिएको खेलमा मलेसिया १५ ओभर ३ बलमा अलआउट भयो । जसमा ४ ओभर ३ बल गरेका सन्दिप लामिछानेले मात्र ८ रन खर्चेर ५ विकेट लिए । यस्तै दिपेन्द्र सिंह ऐरी र शाहब आलमले समान दुई दुई विकेट लिए ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ थालेको मलेसियाले १५ ओभर ३ बलमा सबै विकेट गुमाएर ४५ रन बनाएको हो । उसका लागि सइद अजिज सइद मुबारकले २० तथा विरनदीप जगजित सिंहले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाका ६ ब्याट्सम्यानले रन नै बनाउन सकेनन् । ४६ रनको लक्ष्य पछ्याएको नेपालले पाँच ओभर तीन बलमा लक्ष्य पूरा गरेको हो । नेपालका आसिफ शेखले १४ बलमा ४ रन, दिपेन्द्र सिंह ऐरीले ३ बलमा १२ रन बनाए । यस्तै अनिल साहले १५ बलमा नटआउट रहँदै २६ रन बनाए ।