नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

चुनावको मिति नजिकिए सगै गाेरखामा सुरक्षा व्यबस्था कडा

ओखलढुङ्गान्युज डटकम, कात्तिक २८ गोरखा ।
पहिलो चरणको निर्वाचन नजिकिँदै जाँदा गोरखामासुरक्षा व्यबस्तालाई कडा बनाईको छ । सुरक्षाको कुरामा समस्या आउन सक्ने भएकोले सुरक्षा सतर्कता बढाइएको गोरखाका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

अन्यत्र जस्तै गोरखा जिल्लामा पनि निर्वाचनको मुखैमा पेस्तोल र घरेलु हतियारहरु भित्रिन थालेको पाईएको छ । गोरखावाटै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको चुनावी प्रतिस्पर्धा गर्दैछन् । राजनितीक पार्टीका विशिष्ट नेताहरु एकै जिल्लाको एकै क्षेत्रवाट प्रतिष्पर्धीको रुपमा रहेकोले पनि गोरखामा चुनावी सुरक्षा चुनौती रहेको प्रजिख बस्नेतले जानकारी दिनुभयो ।

२१ कात्तिकमा माओवादी केन्द्रकी प्रतिनिधिसभा समानुपातिक उम्मेदवार सुशीला सिंखडा चढेको मोटरसाइकलमा तीन राउन्ड गोलीसहित पेस्तोल भेटियो । चुनावी कार्यक्रममा गएर आरुघाटबाट भीमसेन गाउँपालिकातर्फ जाँदै गरेकी थिइन् सिंखडा । केहि दिन अघि बाम गठबन्धनको तर्फबाट समानुपातिक उमेद्वार रहेकी माओवादी केन्द्रकी नेत्री शुसिला सिंखडा पेस्तोल सहित भेटिनु, गत कात्तिक २२ मा सुलिकोट गाउँपालिकाको पन्द्रुङमा ठूलो आवाजमा विस्फोट हुनु, केही व्यक्ति खुकुरीसहित पक्राउ पर्नुले गोरखामा सुरक्षा चुनौती थपिएको देखिएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो ।

अहिले सबैको ध्यान गोरखा क्षेत्र नं. २ मा छ । कुनै वेलाका राजनीतिक सहयात्री पूर्वप्रधानमन्त्री भट्टराई र माओवादी नेता श्रेष्ठ एउटै मैदानमा हुनुले पनि सुरक्षा चुनौती थपिएको प्रजिअ बस्नेत स्वीकार्छन् । शीर्ष नेतृत्वको चुनावी प्रतिस्पर्धा र अन्य क्षेत्रमा पनि सोही अनुसारको वाम र लोकतान्त्रिक गठबन्धनको टकरावसँगै रहेको प्रतिस्पर्धाले गोरखामा अहिले सबैको नजर परेको छ।

‘गोरखा प्रशासनले सुरक्षामा कुनै कसर बाँकी नराखी आफ्नो शक्ति प्रयोग गर्छ। कसैको धम्की, फोनको भरमा अपराधी पक्रिसकेपछि छुट्दैन । बरु मेरो कुर्सी म छोड्न तयार छु।’ यसैबीचमा घटेका पेस्तोल काण्ड, भीमसेन गाउँपालिकाको केन्द्र सार्ने विषयमा भएको खुकुरी हानाहान लगायतका विषयमा आफूलाई विभिन्न राजनीतिक दलका नेताले टेलिफोनबाटै गाली तथा धम्की दिएको प्रजिअ बस्नेतले बताउनुभयो ।

यतिवेला भट्टराई र नारायणकाजीको चुनावी लडाईँलाई प्रतिष्ठाको लडाईँको रुपमा हेरिएको छ। बाबुराम नेपाली कांग्रेसको समर्थनमा र नारायणकाजी एमालेको समर्थनमा गोरखा क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन् । स्थानीय तहको निर्वाचनमा देखिएका भाडाका गुण्डाहरु झिकाउने, जिल्लाका मतदातालाई सशंकित पार्ने जस्ता घटनाहरु हुन सक्ने भन्दै सुरक्षा सतर्कता अपनाइएको पनि बस्नेतले बताउनुभयो ।

गोरखा क्षेत्र नं. २ का अधिकांश मतदानस्थल अतिसंवेदनशील मानिएका छन् । जहाँ भट्टराई र नारायणकाजी चुनावी मैदानमा छन्। त्यस्तै, चुनावी विशेष सुरक्षा योजनाअनुसार जिल्लामा चेकजाँचसँगै जिल्ला भित्रिने नाकाहरुमा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी प्रकाश अधिकारी बताउँछन्। जिल्लामा दुई सय १३ मतदानस्थल र दुई सय ८२ मतदान केन्द्र छन् ।

ति मध्ये ६८ मतदान स्थल अतिसंवेदनशील, १ सय १३ संवेदनशील र १२ लाई सामान्य मानिएको छ । उम्मेदवारले मागे अंगरक्षक प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार जिल्लाका अधिकांश उम्मेदवारले अंगरक्षक मागेका छन् । अहिलेसम्म नेपाली कांग्रेस र माओवादी केन्द्रका सबै उम्मेदवारले प्रशासनसँग अंगरक्षक माग गरेका छन् । गोरखाको सुरक्षा व्यबस्थालाई थप चुूत वनाउन हेलिकप्टवाट गस्तीको तयारी थालिएका पनि प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिनुभयो ।