नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

माओवादी नेता पुनमाथी अाइतवार फेरी ढुङ्गामुढा र गोली प्रहार

ओखलढुङ्गान्युज डटकम, कात्तिक २६ रोल्पा
माओवादी केन्द्रका नेता तथा रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादी केन्द्रका नेता वर्षमान पुन माथि पुन आक्रमण भएको छ । वर्षमान पुन अनन्तलाई लक्षित गरी आइतवार रोल्पामा गोली प्रहार भएको हो ।

दुई खोली गाउँपालिकाको बाघमारामा आयोजित चुनावी सभामा भाग लिन जाने क्रममा केवरी खोलाको जंगलमा दिउसो अपरिचित व्यक्तिको समूहले गोली हानेको प्रहरीले जनाएको छ । पुनलार्इ लक्षित गरी लगातार फायरिङ भएपछि पुनका सुरक्षाकर्मीले जवाफी फायरिङ गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिनुभयो ।

दुईखोली गाउँपालिकाकै राङ्सीमा चुनावी कार्यक्रम सकेर बाघमारातर्फ जाँदै गर्दा भीरबाट ढुंगामुढा समेत भएको थियो । ढुङ्गामुढावाट आक्रमण भएपछि पुनको टोली करिब दुईघण्टा सम्म बाटामा नै रोकिएको थियो । ढुंगामुढापछि सुरक्षाकर्मीले १० राउण्ड फायरिङ गरेका थिए ।

चुनावी प्रचारमा पुनसँग रोल्पाका बाम गठबन्धनका अन्य उम्मेदवार तथा नेताहरु पनि थिए । पुन चढेको गाडीलाई लक्षित गरेर शनिबार पनि माडी गाउँपालिकामा एम्बुस अर्थात विद्युतीय धराप विष्फोट गराइएको थियो । एम्बुसमा परेर पुन चढेको गाडीमा क्षति पुगेको थियो । शनिबार एम्बुस थाप्ने तथा आइतबार गोली हान्ने समूह पत्ता लाग्न नसकेको भए पनि प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताको संलग्नता रहेको आशंका गरेको छ ।

विप्लब समूहका नेकपाले भने शनिवार पुनमाथि गरिएको बम आक्रमण र आईतवार गरिएको ढुङ्गामुढा सहितको आक्रमणको बारेमा जिम्मा लिएको छैन । पुनकै निर्देशनमा आफ्ना केहि कार्यकर्तालाई रोल्पामा नै प्रहरीले पक्राउ परेको भन्दै नेकपा पुनप्रति आक्रामक छन् । ढुङ्गामुढा गरेकाे तथा गाेली चलाएकाे अाराेपमा अाजै घटनास्थल नजिकैबाट प्रहरीले विप्लव नेकपा निकट तीन जना युवाहरुलाइ नियन्त्रणमा लिएकाे छ ।