नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

‘चुरा व्यापारी देखी मिडिया उद्यमी हुदै प्रदेश सभाका उमेद्वार सम्म’, नरेश नेम्वाङ

कार्तिक २०७४, ओखलढुङ्गा

प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन नजिकिए सगै ओखलढुङ्गामा दलहरुको चुनावी सरगर्मी बढेको छ । चुनावी प्रचारप्रसार कार्यक्रम तिब्र बनाई रहेको बेला ओखलढुङ्गा क्षेत्र नं. १ प्रदेश सभा क मा संघिय समाजवादी फोरम नेपालको तर्फवाट नेत्र बहादुर नेम्वाङले पनि आफ्ना दावी दर्ज गरेका छन् । मंशीर १० गते हुने पहिलो चरणको संसदिय निर्वाचनमा  संयुक्त वाम गठबन्धनका उमेदवार अमिरबाबु गुरुङ र प्रजातान्त्रिक गठबन्धनका उमेद्वार मित्रसेन दाहालको प्रतिस्पर्धीको रुपमा चुनावी मैदानमा आएका छन् नेम्वाङ ।

सगरमाथा हेर्ने रहरका साथ ओखलढुङ्गा छिरेका उनी घर फर्कने खर्च नहुदा लिम्बु साथिहरु सगै चुरा व्यापार गर्न थाले । राजनिती तर्फ थोरबहुत लगाम सुरु हुन लागेको बेला ओखलढुङ्गा छिरेका उनी अहिले ओखलढुङ्गाको स्थायी बासिन्दा नै हुन् । उनी ओखलढुङ्गामा प्रदेश सभाका उमेद्वारको रुपमा अहिले चुनावी मैदानमा छन् ।

को हुन् नेत्र बहादुर नेम्वाङ नरेश

नेत्र बहादुर नेम्वाङ २०३४ सालमा बुबा कर्णध्वज र आमा रत्नमाया नेम्वाङका जेठो सन्तानका रुपमा जन्मिनु भएको थियो । जन्मथलो पाचथर जिल्लाको ईम्बुङ गा.वि.स. वडा नं. १ मा भएपनि लामो समयदेखी ओखलढुङ्गा जिल्लालाई कर्मथलो बनाई आउनु भएको छ । उहाँको पाँच दाजुभाइ र चार दिदीबहिनी छन् ।

उनी मालेकालीन कम्युनिष्ट पार्टीका सदस्य हुन् । २०४६ मा प्राथमिक कक्षामा अध्ययन गर्दागर्दै विद्यार्थी संगठन अखिल छैठौवाट राजनिती सुरुवात गरेका थिए । विद्यार्थी संगठनवाट राजनिती सुरु गरेका नेम्वाङ कक्षा १० मा अध्ययन गर्दा गर्दै २०५० सालमा एमाले निकट किरात लिम्बु संघको गाविस उपाध्यक्ष बने ।

आफुले विद्यालयमा पढ्दा सगरमाथाको बारेमा धेरै पढेको र सुनेकोले सगरमाथा हेर्ने ठूलो इच्छा हुदा ओखलढुङ्गा आए । ओखलढुङ्गा हुदै सोलुखुम्बु पुगेर सगरमाथा त हेरे । तर घर फर्कन खर्चको अभाव भयो नेम्वाङलाई । त्यसैले सोलु–ओखलढुङ्गामा व्यापार पनि गर्न आएका छिमेकी साथिहरु सग ऋण सापटी लिएर उनी पनि चुरापोतेको व्यापार गर्न लागे । त्यो बेला व्यापारी लिम्बुहरु भनेर खुबै चर्चा थियो । किनकी लिम्बुहरुले विशेष महिलाहरुले प्रयोग गर्ने चुरा पोते लगायतका सामानहरु बिक्रिगर्न घरघरमा नै ल्याई पु¥याउथे । कमाई भएपछि बाटो खर्च र केही रकम लिएर मात्रै जानु प¥यो भनेर ब्यापार गर्दा गर्दा उनी ओखलढुङ्गाको स्थानीय बासिन्दा झै ओखलढुङ्गामा नै रहे ।

दुखका दिनसगै उनी चुरापोते लिदै गाउगाउ र हटिया हटिया धाउन थाले । क्रमशः ब्यापार बढाउदै लगेर ओखलढुङ्गा बजारमा नै रेडिमेड कपडा पसल तथा जुत्ता चप्पलको ब्यापार गर्न थाले । व्यापार सगै सुस्ताएको राजनितीलाई फेरी सक्रियता तर्फ उन्मुख गराउन २०५६ सालमा एमाले पार्टीको साधारण सदस्यतालाई नविकरण गराए । एमालेका तत्कालिन जिल्ला उपसचिव नेत्र प्रसाद भट्टराईले उनको सदस्यता नविकरण गरिदिए । २०६० सालमा एमालेको भातृ संगठन युवासंघको जिल्ला सचिव पदमा निर्वाचित भए ।

२०६४ सालमा भएको युवासंघको जिल्ला अधिबेशनमा जिल्ला अध्यक्षको आकांक्षीको रुपमा उनी देखा परे । त्यसवेला नेम्वाङ लगायत तीन जनाले जिल्ला अध्यक्ष पदमा दावी गरेका थिए । तर जिल्ला पार्टीले हस्तक्षेप गरेर अध्यक्ष पदका आकांक्षि तीनै जनालाई हटाईदियो । त्यसपछि उनले पार्टी भित्रै अन्तरसंघर्ष चलाए । अन्तरसंघर्षका बिचपनि ०६६मा पार्टीले जिल्ला खेलकुद विकास समितिको उपाध्यक्ष पदमा सिफारिस ग¥यो ।

सिफारिसमा परेका अध्यक्ष सुवर्ण श्रेष्ठले अध्यक्ष पदको नियुक्ति नलिदा उनले दुईकार्यकाल सम्म कार्यबाहक अध्यक्षको रुपमा काम गरे । त्यसपछि पनि उनी विभिन्न संघसस्थाहरुमा आबद्ध छन् । नेम्वाङ मिडिया सञ्चालक पनि हुन् । ओखलढुङ्गामा रहेर सञ्चार क्षेत्रका लागि पनि लगानी गरेका छन् आफ्नो जिवन । ओखलढुङ्गामा रहेर २०५९ सालमा ओखलढुङ्गा साप्ताहिकका व्यवस्थापक, ०६४÷६५ मा लेकबेशी साप्ताहिकका प्रकाशक, २०६७/६८ मा जनसाहित्यीक जमर्को पत्रिकाका अध्यक्षतथा प्रधान सम्पादक पनि हुन् ।

नेम्वाङ ओखलढुङ्गामा रहेर राजनितीक जिवनलाई निरन्तर दिने क्रममा विभिन्न आन्दोलनमा सहभागी समेत रहेका छन् । २०६१ सालमा ताप्लेजुङको गुम्वाडाडामा रहेको ईम्बोङ सडकको उद्घाटन पश्चात स्थानीय एक रेडियोमा अन्तर्वार्ता दिए । अन्तर्वार्ता दिएपछि माओवादी भएको आरोपमा उनलाई पाँचथरको फिदिमवाट तत्कालीन सेनाले पक्राउ ग¥यो । दुईदिन सम्म प्रहरी हिरासतमा रहेपछि तारेखमा छुटे । अनि जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गामा तारेख सार्दै उनी फेरी ओखलढुङ्गा फर्किए । आदिवासी जनजातीको आन्दोलनमा सक्रिय रहदा पनि उनी पटक पटक पक्राउ परे ।

२०६४ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल ओखलढुङ्गाको जिल्ला अधिबेशनको वेला जिल्ला अध्यक्षको आकांक्षी भएर दावी पेश गरे । उनी सगै तीन जनाले अध्यक्षको दावी पेश गरेर जिल्ला पार्टीले हस्तक्षेप गरेर हटाएपछी असन्तुष्टि चरम रुपमा रह्यो । असन्तुष्ट सगै अन्तरसंघर्ष चलाउदै गर्दा २०६९ असोज १८ गते एमाले परित्याग गरे । आफुले विश्वास गरेको पार्टीले लिएको निती तथा योजनाहरु अपुरो हुन थालेपछि पार्टी भित्रै द्वन्द्व चल्यो । पार्टीभित्र रहेको असन्तुष्ट समूहको काठमाण्डौको भृकुटी मण्डपमा भएको भेलावाट पार्टी बिद्रोह गरे । नेम्वाङ सगै जिल्लाका केही साथीहरु सहित उनी नया पार्टी निर्माण कार्यमा लागे ।

नेम्वाङले २०६९ माघ १६ गते पार्टी अध्यक्ष अशोक कुमार राईको प्रमुख आतिथ्यतामा ओखलढुङ्गामा पनि संघिय समाजवादी फोरम ओखलढुङ्गा गठन गरे । जिल्ला पार्टीको जिम्मेवार पदमा रही काम गर्न थाले । २०७१ चैतमा भएको संघिय खेलकुद संघको केन्द्रिय महासचिबको रुपमा हाल सम्म कार्यरत छन् । २०७३ मा भएको अन्य विभिन्न पार्टीहरुसगको पार्टी एकता पछि जिल्ला पार्टीको उपसचिव पदमा रही हालसम्म कार्यरत छन् ।

ओखलढुङ्गा जिल्लामा भै रहेको विकृती र विसंगतीलाई नियन्त्रण गर्दै दुई वर्ष भित्र जिल्ला अन्धकार मुक्त जिल्ला बनाउने उनको योजना छ । मिडिया तथा खेलकुदमा पनि राम्रो दख्खल रहेका नेम्वाङ अहिले चुनावी मैदानमा छन् । मंशिर १० गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा नेम्वाङका समर्थक मतदाताहरुले प्रदेश सभा क का लागि मशाल चिन्हमा मतदान गर्ने छन् । वाम गठबन्धनबाट क्षेत्र नं १ मा अम्बिरबाबु गुरुङ र संघीय प्रतिनिधी सभामा यज्ञराज सुनुवार उम्मेदवार छन् ।