नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

माओवादी केन्द्र अाेखलढुङ्गाका लाेकप्रिय एवम् प्रभावशाली नेता तथा पूर्व सांसद ढुङ्गेल पक्राउ

ढुङ्गेललाई मंगलवार नै सदरखोर जेल डिल्लीबजारमा लगियो

ओखलढुङ्गान्युज डटकम कात्तिक १५, २०७४ काठमाडौं

प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको टोलीले ढुंगेललाई मगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको हो । साथी भेट्न भन्दै डेराबाबाट निस्किए लगतै उनलाई सादा पोसाकमा रहेको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

ओखलढुंगा जिल्ला निर्वाचन क्षेत्र नं. २ का पूर्वसभासद समेत रहेका ढुंगेलकी पत्नी र परिवारका सदस्यहरु कपनमा बसोबास गर्छन् । उनी भने सुरक्षाको कारण देखाउँदै सातदोबाटोमा भाइ बहिनीसहित ३र४ जना डेरा लिएर बस्दै आएका थिए ।

ढुंगेललाई प्रहरीले पक्राउ गर्नासाथ उनका भाइले गृहमन्त्रीबाट विनाविभागीय भएका जनार्दन शर्मालाई टेलिफोन गरेर जानकारी दिएका थिए । माओवादी नेताहरुले ढुंगेलको गिरफ्तारीलाई शान्ति प्रक्रियामाथिको हस्तक्षेप भनेपनि पार्टीले औपचारीक धारणा सार्वजनिक गरेको छैन ।

तर नेकपा माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिस्ट लिग, नेपाल (वाईसीएल)ले एक विज्ञप्ती निकाल्दै द्वन्द्वकालीन मुद्दामा नेपाली कांग्रेस र राप्रपा नेपालका नेताहरुविरुद्ध ७७ ओटै जिल्लामा मुद्दा दर्ता गर्न वाईसीएल जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । द्वन्द्वकालीन मुद्दामा माओवादी नेता बालकृष्ण ढुंगेललाई मंगलबार पक्राउ गरेर जेल चलान गरेपछि वाईसीएल अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले विज्ञप्ति जारी गर्दै उक्त निर्देशन दिएका हुन् ।

                                                                     विज्ञप्तीकाे पूर्णपाठ

वाईसीएलले नेता ढुंगेललाई तत्काल रिहाइ गर्न पनि माग गरेको छ। ढुंगेललाई तत्काल रिहाई नगरिए देशभरका ७७ वटै जिल्लामा द्वन्दकालीन मुद्दाहरु ब्यूँताएर घटनामा संलग्न नेपाली कांग्रेसका र राप्रपाका नेताहरुमाथि मुद्दा दायर गर्ने पहलकदमी लिन वाईसीएल मातहतका जिल्ला समितिहरुलाई निर्देशित गर्दछु, अध्यक्ष दीपशिखाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ । 

वाईसीएलले माओवादी नेता ढुंगेललाई पक्राउ गरेर सरकारले निर्वाचन भाँड्न खोजेको आरोप पनि लगाएको छ । उसले सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोगु मार्पत द्वन्द्वकालका मुद्दा हेर्ने शान्ति सम्झौता विपरित गएर पक्राउ गरिएको आरोप लगाएको छ ।

तत्कालीन युद्धरत माओवादी र सरकारबीच जनयुद्धकालीन मुद्दाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगबाट किनारा लगाउने राजनीतिक सहमति भइसकेको पृष्ठभूमिमा ढुंगेललाई सर्वोच्चले गरेको सर्वस्वसहित जन्मकैदको फैसला र पक्राउलाई नेकपा (क्रान्तिकारी माओवादी)ले शान्ति सम्झौताको ठाडो उलंघन भन्दै तत्काल रिहा गर्नुपर्ने बताएको छ ।

पार्टीका महासचिव मोहन वैद्य‘किरण’ले ढुंगेल पक्राउबारे संक्षिप्त प्रतिक्रिया दिंदै भन्नुभयो, “जनयुद्धकालीन मुद्दाहरु विस्तृत शान्तिसम्झौता अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगबाट किनारा लगाउने राजनीतिक सहमति भइसकेको अवस्थामा बालकृष्ण ढुंगेललाई गिरफ्तार गर्नु शान्तिसम्झौताको ठाडो उलंघन हो । ढुंगेलललाई तत्काल रिहा गर्नुपर्छ ।”

मानहानीको मुद्दा लगतै पक्राउ

पहिलो संविधानसभा २०६४ मा ओखलढुंगा २ बाट निर्वाचित ढुंगेल सभासद रहेकै बेला सर्वोच्चले दोषी ठहर गरेको थियो । ढुंगेलको सजाय माफीका लागि तत्कालिन बाबुराम भट्टराई सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । तर, सर्वोच्चले सिफारिस कार्यान्वयन रोक्यो ।

सर्वोच्चले ३१ चैत २०७३ मा सात दिनभित्र ढुंगेललाई पक्राउ गर्न आदेश पनि दिएको थियो । आदेश दिएको लामो समय वित्दा पनि आदेश कार्यान्वयन नभएको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले कात्तिक ४ मा प्रहरी प्रमुख विरुद्ध नै अदालतको अवहेलनाको मुद्दा हालेका थिए । ढुंगेललाई मंगलबार नै जिल्ला अदालतमा उपस्थित गराएर सदरखोर चलान गरिएको छ । अदालतका अनुसार ढुंगेल १२ वर्ष पाँच महिना २२ दिन जेल बस्नु पर्नेछ ।

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्या अभियोगमा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएपछि पुनः सर्वोच्च अदालतले ढुङ्गेल निर्वाचित सांसद रहेकै बेला २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो । ढुंगेलले भने पार्टीको योजनामा नै जनयुद्धकालमा भएको घटना भएकोले यसको किनारा आयोगबाट लगाउनुपर्ने बताउँदै आएका थिए ।

जेल चलान हुँदै गर्दा पूर्वसभासद ढुङ्गेलले भने आफूलाई जनयुद्धकालीन मुद्दामा फसाउन खोजिएको भन्दै यसले शान्ति प्रक्रिया भंग हुने चेतावनी दिए । उनले जेलवाट भने भैसीको पाडो बचाउन कुखराको चल्लालाई समातियो ।

द्वन्द्वका क्रममा जेलमा रहदा यातनाका कारण उनकाे एउटा मृगाैला पुरै काम नगाग्ने भएकाे छ भने अर्काे एक मृगाैलाले थाेरै मात्र काम गर्छ । ढुङ्गेलले मृगाैला सम्बन्धीकाे अाैषधी खाइरहेकाे र अहिले अाैषधी छुटेकाेले उनकाे जीवन रक्षाका लागि परिवारले माग गरेकाे छ ।