नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

इन्भेष्टमेन्ट बैंकले अाफ्ना शेयरधनीलाइ २५ प्रतिशत नगद लाभांस दिने

ओखलढुङ्गान्युज डटकम, कात्तिक ८, काठमाडौं

नेपाल इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७३/७४को संचित मुनाफाको १५ प्रतिशत बोनस दिने भएको छ । त्यस्तै बैंकले २५ प्रतिशत नगद लाभांस पनि दिने भएको छ । बैंकको मंगलबार बसको ३१ औं साधरणसभाले असार मसान्तसम्मको कायम रहेको सेयर पूँजीको आधारमा बोनस र नगद लाभांस दिने निर्णय पारित गरेको हो ।

यस बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। जस अनुसार इन्भेष्टमेन्ट बैंक नेपालका निजी बैंकहरुमध्ये सबै भन्दा बढी चुक्ता पूँजी भएको बैंक बन्न सफल भएको छ।

आर्थिक वर्ष २०७३/७४ मा ५ अर्ब २४ करोड मुनाफा कमाएको यस बैंकको सञ्चित रकम १८ अर्ब ७० करोड पुगेको छ। बैंकको निक्षेप १ खर्ब २५ अर्ब र कर्जा १ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। बैंक खराब कर्जा भने बढेको छ ।

गत आर्थिक वर्षमा ०.६८ प्रतिशत खराब कर्जा रहेकोमा यो आर्थिक वर्षमा ०.८३ पुगेको हो । यस बैंकका ६१ वटा शाखा कार्यालय र ८३ एटिएम मेसिन पुगेका छन् । मंगलबारको साधरण सभाले बैंकको सञ्चालकमा कविकुमार टिवरेवाला, प्रजन्य राजभण्डारी, सूर्यप्रकाशला श्रेष्ठ र पृथ्वीबहादुर पाण्डेलाई निर्विरोध चयन गरेको छ।