नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

बैदेशीक रोजगारमा गएकाहरुलाई खुशीको खबर, ​कतारी रियालको मूल्य बढ्यो

ओखलढुङ्गान्युज डटकम कात्तिक ८, काठमाडौं

नेपाल राष्ट्र बैंकले मंगलवार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४९ पैसा र विक्रिदर २८ रुपैयाँ ६५ पैसा छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ४१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २४ रुपैयाँ ४८ पैसा र विक्रिदर २४ रुपैयाँ ६२ रहेको छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ १८ पैसा र विक्रिदर ९ रुपैयाँ २३ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४३ रुपैयाँ २१ पैसा छ भने विक्रिदर ३ सय ४५ रुपैयाँ २० पैसा रहेको छ ।

एक बहराइन दिनारको खरिददर २ सय ७५ रुपैयाँ ०५ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ६४ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।