नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

ओखलढुंगामा ९ दलको उम्मेदवारी ,काग्रेसमाथी बागी उमेदवार

रामहरि श्रेष्ठ ६ कात्तिक ओखलढुंगा
पहिलो चरण अन्तरगत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि ओखलढुंगामा ९ राजनीतिक दलले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस, वाम गठबन्धन (एमाले र माओवादी), नेकपा माले, राष्ट्रिय जनमोर्चा, मंगोल नेशनल अर्गनाइजेशन, संघीय लिम्बुवान लोकतान्त्रिक, देशभक्त जनगणतान्त्रिक मोर्चा र नयाँ शक्ति पार्टी नेपालले प्रतिनिधी सभामा गरी २२ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

वाम गठबन्धनमा रहेका राष्ट्रिय जनमोर्चा र नेकपा मालेले भने छुट्टै उम्मेदवारी दर्ता गरेका छन् । मालेले संघीय प्रतिनिधिसभा र जनमोर्चाले प्रदेश सभाका दुवै सिटमा उम्मेदवारी दर्ता गरेका हुन् । संघतर्फनेपाली काग्रेसबाट रामहरि खतिवडा,बाम गठबन्धन(एमाले–माओवादी)बाट यज्ञराज सुनुवार,संघिय समाजवादी फोरमबाट युद्धबहादुर राई,संघिय खुम्बुवान लोकतान्त्रिकबाट चन्द्र बिक्रम राई,नयाँ शक्ति नेपालबाट प्रभुराम श्रेष्ठ,देशभक्त जनगणतान्त्रिकबाट रुद्धकुमार फुयाल,मंगोल नेशनल अर्गनाइजेशनबाट बजेन्द्र राई,नेकपा मालेबाट केशब रम्तेल र जनमोर्चा नेपालबाट कुन्तादेबी खत्रीले उमेदवारी दर्ता गराएका छन् ।

त्यस्तै प्रदेश सभा अन्तरगत क्षेत्र नम्बर १ तर्फ नेपाली काग्रेसबाट मित्रसेन दाहाल,बाम गठबन्धन(एमाले–माओवादी)बाटअम्बिरबाबु गुरुङ,संघिय समाजवादी फोरमबाट नेत्रबहादुर नेम्वाङ,नयाँ शक्ति नेपालबाट मेखराज खड्का,देशभक्त जनगणतान्त्रिकबाट तेन्जिङ शेर्पा, मंगोल नेशनल अर्गनाइजेशनबाट कानुरी शेर्पा र जनमोर्चा नेपालबाट सञ्चमाया राई उम्मेदवार बनेका छन् । यस्तै प्रदेश सभा अन्तरगत क्षेत्र नम्बर २ का लागी नेपाली काग्रेसबाट प्रदिप कुमार सुनुवार,बाम गठबन्धन(एमाले–माओवादी)बाट मोहान कुमार खड्का,संघिय समाजवादी फोरमबाट दिनेश कुमार राई,नयाँ शक्ति नेपालबाट टंकनाथ अधिकारी र देशभक्त जनगणतान्त्रिक–बिष्णु खड्का रहेका छन् ।

नेपाली काग्रेसमाथी बागी उम्मेद्धवारी

आगामी निर्वाचनका लागी नोपली काग्रेस ओखलढुंगा माथि बागी उम्मेद्धरी परेको छ । कांग्रेसका एक युवा नेता ज्ञानेन्द्र रुम्दालीले वागी उम्मेदवारी दिएका हुन् । प्रदेशसभाको निर्वाचन अन्तरगत क्षेत्र नम्बर दुईमा नोपली काग्रेसबाट उमेद्धवार बनेका पार्टी सभापति प्रदीप सुनुवार विरुद्ध रुम्दालीले बागी उम्मेवारी दिएका हुन् ।

ओखलढुंगा क्षेत्र नम्बर १ का सुनुवार दुईमा आएर उम्मेदवार बनेको र टिकट वितरणमा अन्याय भएको भन्दै रुम्दालीले उम्मेदवारी दर्ता गराएका हुन् । हाल ओखलढुंंगा तरुण दलका अध्यक्ष समेत रहेको रुम्दालीले ०७४ सालको संविधानसभा चुनावमा पनि बागी उम्मेदवारी दिएर करीव ३ हजार मत ल्याएका थिए ।