नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

नागरिक समाज र स्थानीय सरकारबीचको सहकार्यबाटै समृद्धिको गन्तव्यमा पुगिने

कात्तिक २ ओखलढुंगा । नागरिक समाज र स्थानीय सरकारसँगको सहकार्यको अवसर र चुनौतिहरु विषयक कार्यशालामा सहभागि स्थानीय सरकारका प्रतिनिधीहरुले नागरिक समाजका संस्था र स्थानीय सरकारहरुसँगको सहकार्यबाट समृद्धिको यात्राामा पुगिने बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्रले ०७४ कात्तिक १ गते आयोजना गरेको छलफलमा सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले गैर सरकारी संस्थाहरु सँग स्थानीय सरकारले सहकार्यबाटै अघि बढ्न चाहेको बताए । 

उनले अब सरकारी र गैर सरकारी निकायका बीचमा आरोप प्रत्यारोप छोडेर मजबुद सहकार्य गर्न आवश्यक रहेकोमा जोड दिए । प्रमुख श्रेष्ठले दाताको स्वार्थमा काम गरेर स्थानीय सरकारलाई शंका गर्दा सहकार्य प्रभावकारी नहुने भएकाले प्रकृयामा आएर सहकार्य गर्न आग्रह गरे । मोलुगं गाउँपालिकाका प्रमुख मणिराज राईले विकासका काम गर्ने र पैरवी गर्ने गैरसरकारी संस्थाहरु फरक फरक हुनु पर्ने बताए । सबै काममा हात हालेर लक्ष्यमा नपुगिने भएले नागरिक समाजका संस्थाहरुको कामले उसका विषयगत क्षेत्र प्रष्ट हुनु पर्ने बताए । 

सहायक प्रमसख जिल्ला अधिकारी तिलोचन रिमालले गैर सरकारी संस्थाहरु दर्ता हुने अध्यावधिक नहुने समस्या रहेको बताउँदै स्थानीय सरकारमा विवरण तथ्यांक हुनु पर्ने बताए । गैससहरुलाई डलरवाला भन्ने आरोप लागे पनि जिल्लामा आन्तरिक आय भएका गैर सरकारी संस्था नभएले दाताका भरमा चलेकाहरु मात्रै सक्रिय रहेको बताए । नेपाल बार एसोसिएसनका सचिव टुकराज निरौलाले स्थानीय सरकार र नागरिक समाजका संस्थाहरुबीचमा सहकार्य र विश्वास बढे मात्रै कार्यक्रम प्रभावकारी हुने बताए । 

नेपाल पत्रकार महासंघका सदस्य पूर्ण प्रसाद न्यौपानेले नागरिक समाजका संस्थाहरु बुझेका जनप्रतिनिधीहरुलाई गैर सरकारी संस्थासँग समन्वय गर्न जिम्मेवारी दिदा सहकार्य र प्रतिफल लिन सकिने भएकाले त्यस तर्फ सोच्न सुझाव दिए । छलफल कार्यक्रममा राष्ट्रिय कृषक समुह महासंघ नेपालका जिल्ला अध्यक्ष हितराज कार्कीले प्रस्तुतिकरण गरेका थिए भने इन्सेक प्रतिनिधी शिवप्रसाद ढुंगानाले सहजीकरण गरेका थिए । कार्यक्रममा जनप्रतिनिधीहरु, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु, गैसरकारी संस्थाका प्रममसख तथा प्रतिनिधी र पत्रकारहरु सहभागी थिए ।