नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

ओखलढुंगामा म्यादी प्रहरीका लागि ९ सय बढिको आवेदन

रामहरि श्रेष्ठ १ कात्तिक ओखलढुंगा । अगामी मंसिरमा हुने प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागी खोलिएको म्यादी प्रहरी भर्ना कार्यक्रममा ओखलढुंगाबाट ९ सय बढिले आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार म्यादी प्रहरीका लागि ९ सय ७४ जनाले आवेदन दिएका छन् । ति मध्ये पुरुषको संख्या ७ सय ६२ रहेको छ भने महिलाको संख्या २ सय १२ रहेको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक टिका कार्कीले बताए ।

आवेदन दिएकाहरुको छनोट प्रक्रिया कात्तिक ५ गते देखि ८ गतेसम्म हुने उहाँले बताए । छनोट प्रक्रियाबाट छानिएकाहरुलाई कात्तिक १२ गतेदेखि तालिमको व्यवस्था गरिएको छ । मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित नेपाल प्रहरीले म्यादी प्रहरीको भर्ना आवेदन खुलाएको थियो ।
सोहि बमोजीम छानोट भएका म्यादी प्रहरीको कार्यावधि भने ५५ दिनको हुनेछ । उनिहरुले प्रहरी जवान सरहको आधारभूत तलब १७ हजार २ सय ३० रुपैयाँका दरले ५५ दिनका लागि पारिश्रमिक, रासन तथा स्थानीय भत्ता पाउने छन् । ड्यूटीमा खटिने म्यादी प्रहरीलाई ७ दिनको लागि प्रतिदिन २५० रुपैयाँको दरले विशेष भत्ता र सात दिनकै लागि प्रतिदिन २५० रुपैयाँ खाजा र खाना खर्च उपलब्ध गराइने छ । ओखलढुंगामा प्रदेशसभाका लागि २ र प्रतिनिधिसभाका लागि १ निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।