नेपाली समय Loading...२०८१ बैशाख १९ बुधबार

तिहारमा नेपाल टेलिकमको छुट अफर

ओखलढुङ्गान्युज डटकम , कार्तिक १ काठमाडौं

विशेष चाडपर्वको अबसर पारेर नेपाल टेलिकमले विभिन्न अफरहरु आफ्ना ग्राहकहरुलाई प्रस्तुत गर्दै आएको छ त्यसै क्रममा नेपाल टेलिकमले यो वर्ष पनि तिहार र छठको अवसरमा आज कात्तिक १ देखि १५ गतेसम्म रिचार्ज र डाटा प्याकमा छुट दिएको छ ।

टेलिकमले जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइलमा रिचार्ज कार्डमार्फत रिचार्ज गर्दा १० प्रतिशत बोनस दिएको छ । रिचार्ज कार्डको बोनस अफर कात्तिक १ देखि ३ गतेसम्म रहने टेलिकमले जनाएको छ । युट्युब डाटा प्याकमा एक सय रुपैयाँमा १ जिबी डाटा भोल्युम एिको छ । यो प्याक २१ दिनको अवधिसम्म प्रयोग गर्न सकिने टेलिकमले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ । त्यसैगरी ६० रुपैयाँमा ५ सय एमबी डाटा भोल्युम १४ दिनका लागि उपलब्ध गराएको छ ।

जीएसएम तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा कम्पनीकै नेटवर्कभित्र भ्वाइस, एसएमएस र डाटा प्याकेज अन्तर्गत १० रुपैयाँमा ६ मिनेट भ्वाइस, ५ वटा एसएमएस र १५ एमबी डाटा भोल्युम प्राप्त हुने गरी कम्बो प्याक उपलब्ध गराएको छ । यो प्याकेज १ दिनको अवधिसम्म प्रयोग गर्न सकिनेछ । त्यसैगरी २५ रुपैयाँमा १६ मिनेट भ्वाइस, १६ वटा एसएमएस र ३५ एमबी डाटा भोल्युम ३ दिन अवधिका लागि उपलब्ध गराएको टेलिकमले जनाएको छ ।

५० रुपैयाँमा ४५ मिनेट भ्वाइस, २५ वटा एसएमएस र ७० एमबी डाटा भोल्युम ५ दिन, १ सय रुपैयाँमा ११० मिनेट भ्वाइस, ३० वटा एसएमएस र १५० एमबी डाटा भोल्युम १० दिन तथा ३ सय रुपैयाँमा ३६० मिनेट भ्वाइस, ४० वटा एसएमएस र ६ सय एमबी डाटा भोल्युम ३० दिनका लागि उपलब्ध गराएको पनि टेलिकमले जनाएको छ ।

टेलिकमकै नेटवर्कभित्र भ्वाइस प्याक अन्तर्गत एक दिनमा १० रुपैयाँमा ११ मिनेट भ्वाइस कल पनि दिएको छ । २५ रुपैयाँमा ३ दिनका लागि ३० मिनेट, ५० रुपैयाँमा छ दिनका लागि ७५ मिनेट, १ सय रुपैयाँमा १० दिनका लागि २०० मिनेट, ३ सय रुपैयाँमा ३० दिनका लागि ६५० मिनेटको प्याकेज पनि दिएको छ । टेलिकमले एसएमएस सेवाको महसुल दरमा पनि ५० प्रतिशत छुट दिएको छ ।