नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

सांसदहरुको विदाई, आजवाट “पूर्व”

ओखलढुङ्गान्युज डटकम, असोज २८ काठमाण्डौ–

निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक उम्मेदवारको सूची बुझाउने दिन असोज २९ गतेका लागि तोकेको छ । अन्तिम दिन असोज २९ गते मात्रै तोकेपछि कानुन अनुसार गए रातिवाट संसदको म्याद सकिएको छ । कानुन अनुसार संसदको म्याद गएरातीवाट सकिनु अगावै शुक्रवार नै एक कार्यक्रमका साथ सांसदहरु विदावारी भएका छन् ।

सभामुख ओनसरी घर्ती र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरुको बैठकले शुक्रवारदेखि संसद अन्त्य गर्ने समझदारी गरी विदाई गरिने कार्यक्रम बनेको हो । स्रोतका अनुसार शुक्रवार संसदमा सांसदहरुको विदाई कार्यक्रम आयोजना गरिएको हो ।

०७० सालमा संविधानसभाको दोस्रो निर्वाचनबाट निर्वाचित सदस्यहरुको कार्यकाल संविधान जारी भएलगत्तै सकिने थियो । तर, नयाँ संविधानमा नयाँ चुनाव नहुञ्जेलका लागि कानुनहरु बनाउनु पर्ने भन्दै प्रतिनिधिसभाको नयाँ निर्वाचनका लागि उम्मेदवारी दर्ता नहुञ्जेलसम्म संसदको अवधी रहने उल्लेख गरिएको छ ।